आगोलागीबाट रामेछापमा परिवार घर बिहिन ः करडौको क्षती

३ चैत्र २०८०, शनिबार

रामेछाप । रामेछापमा बिहिबार भएको आगालागी बाट १२ घर परिवार घर बिहिन भएका छन् । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ९ राताटारमा लागेको आगोको कारण १२ परिवार घर विहिन भएका छन् । साथै करडौको धन सम्पती जलेर नष्ट भएको छ ।
राताटार स्थित रहेको हरदेनी पाखा सामुदायिक वनमा लागेको आगो हावाहुरीको कारण बस्ती तर्फ सल्किन जाँदा आगोलागिबाट ठुलो क्षति भएको छ ।


आगलागीबाट महेशलाल तामाङको कच्ची घर, लत्ताकपडा, अन्नपात, भाडावर्तन, र नगद रु. तिन लाख गरी ३ लाख ७५हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । महेशलालको उक्त घरमा ८ जना परिवार बसोबास गर्दै आएका थिए ।
आगलागीबाट नरबहादुर तामाङको कच्ची घर, लत्ताकपडा, भाडावर्तन, अन्नपात, र १ गोरु घाइते गरी तिन लाख बराबरको क्षति भएको छ । नरबहादुर उक्त घरमा ३ जनाको परिवार सहित बसोबास गर्दै आएका थिए ।


सर्किनी तामाङको कच्ची घर,भाडावर्तन, लत्ताकपडा, अन्नपात , सुन ३ तोला , चाँदी ५ तोला र नगद रु.२,७५,०००।– गरी ६ लाख ७५हजार बराबरको क्षति भएको छ । उनी एक्लै सो घरमा बस्दै आएका थिए । धन बहादुर तामाङको ४ लाख ५० हजार बराबरको क्षति भएको छ । उक्त घरमा ४ जना बसोबास गर्दै आएका थिए । आगलागीबाट पूर्ण बहादुर नेवार, धनमाया श्रेष्ठ, रमेश श्रेष्ठ, उत्तरकुमारी श्रेष्ठ, सिताराम नेवार, मीन बहादुर नेवार, मानकुमारी नेवार, बम बहादुर श्रेष्ठको घर जलेको प्रहरीले जनाएको छ ।


पूर्ण बहादुर नेवारको २१ लाख ८५ हजार बराबरको क्षति भएको छ । पूर्णबहादुरको घरमा १० जना बसोबास गर्दै आएका थिए । धनमाया श्रेष्ठको ५१ लाख ५ हजार बराबरको क्षति भएको छ भने धनमायाको घरमा २१ जनाको परिवार आश्रित छ । आगलागीबाट रमेश श्रेष्ठको १५ लाख ९५हजार, उत्तरकुमारी श्रेष्ठको ३१ लाख २४ हजार, सिताराम नेवारको १६ लाख ७० हजार, मीन ब.नेवारको ६लाख, मानकुमारी नेवारको २७ लाख १२ हजार र ) बम ब.श्रेष्ठको १५ लाख १० हजार बराबरको क्षति भएको छ ।


आगलागीबाट जलेको रमेश श्रेष्ठको घरमा ५ जना , उत्तरकुमारी श्रेष्ठको घरमा १२ जना, सिताराम नेवारको घरमा ७ जना , मीन बहादुर नेवारको घरमा ४ जना, मानकुमारी नेवारको घरमा १ जना र बम बहादुर श्रेष्ठको घरमा ९ जना बसोबास गर्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय रामेछापको स्थलगत अनुगमनको रिपोर्ट अनुसार आगलागीबाट १ करोड ८६ लाख ३१ हजार बराबरको क्षति भएको ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...