प्रचण्डले आम नागरिकलाई धोका दियो ः काँग्रेस नेता राणा

रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले काँग्रेसलाई मात्र नभएर आफ्नै पार्टीको नेता तथा कार्यकर्ता र आम नेपाली नागरिकलाई धोका दिएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य उदय शमशेर राणाले बताएका छन् । नेपाल तरुण दल रामेछापको पहिलो जिल्ला सम्मेलनमा बोल्दै नेपाल तरुण दलका पूर्व अध्यक्ष समेत रहेका नेता राणाले नेकपा माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेसलाई मात्र हैन आम नागरिकलाई धोका दिएको बताए । 

प्रधानमन्त्री दाहालले गठबन्धन टुट्नु पार्टीको स्वतन्त्रता भएको संसद् भवनमा बताए पनि निष्ठा र विश्वास गुमाएको बताए । नेता राणाले भने“हिजो आम नागरिकलाई भोट माग्ने क्रममा गरेको प्रतिबद्धता तपाई अब के गर्नु हुन्छ । मैले तपाईँको कार्यकतालाई के भन्ने तपाईँको नेताले धोका दियो भन्ने । भन्दै प्रश्न गरे” । गठबन्धनको कारण नेता कार्यकर्तालाई सङ्कट परेको रानाले बताएका छन् । निर्वाचनमा एक आर्कालाई भोट दिएर निर्वाचित भएको छिटै प्रधानमन्त्री प्रचण्डले भुलेको भन्दै झुटको खेती लामो समय सम्म नटिक्ने बताए । 

प्रधानमन्त्रीले विवादमा आएको मन्त्री हटाउन पर्छ भन्ने प्रस्ताव ल्याएको र काँग्रेसले विवादित मन्त्रीहरू पनि परिवर्तन गर्न खोजेको भए पनि एक्कासि गठबन्धन टुटाएको बताए । उनले भने –अहिले बनेको मन्त्री मण्डलमा झन् विवादित मन्त्रीहरू छन् । जो नागरिकता देखी सहकारी ठगी सम्मको मुद्दामा विवादित छ । उनलाई ल्याएर गृह मन्त्रालय दिएको छ । 

अर्को प्रसङ्गमा नेता राणाले भने लोकतान्त्रिक पार्टीमा विभिन्न विषयमा छलफल हुन्छ । पार्टीको आन्तरिक छलफलमा आएको विषयको कारण गठबन्धनमा कुनै समस्या नहुने बताएका छन् । नेपाली काँग्रेसको यस भन्दा अघिको विभिन्न भेलाहरूमा समेत धर्मको विषयमा छलफल र बहस हुने गरेको भन्दै यस विषय काँग्रेसमा नयाँ नभएको बताए । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...