अपाङ्गता भएका व्यक्तिहरूका लागी मन्थलीमा दुई दिने अभिमुखीकरण कार्यक्रम

२८ फाल्गुन २०८०, सोमबार

     रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा अपाङ्गता भएका व्यक्तिहरूका लागी दुई दिने अभिमुखीकरण कार्यक्रम आइतबार देखी सुरु भएको छ । बागमती प्रदेश अन्त्रगतका ५ जिल्लाका अपाङ्गता भएका व्यक्तिहरूको कार्यक्रममा सहभागिता रहेको छ । 

सामाजिक विकास मन्त्रालयको सहयोगमा राष्ट्रिय अपाङ्ग महासङ्घ बागमती प्रदेश सरकारको समन्वयमा भएको कार्यक्रममा ५ जिल्ला बाट ३५ जना भन्दा बढीको सहभागिता रहेको छ ।

 हिंसा प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको उद्धार तथा पुनर्स्थापना सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेले अपाङ्गता भएका व्यक्तिहरूलाई जिविको उपार्जनमा समस्या हुने गरेको भन्दै त्यस्ता व्यक्तिहरूको क्षमता विकासमा आफूहरू सहयोग गर्न तयार रहेको बताए । हिंसा प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको उद्धार तथा पुन स्थापनाको लागी नगरपालिकाले काम गर्दै आएको र अबका दिनमा समेत काम गर्ने बताए । 

त्यस्तै गरी सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख गोपाल प्रसाद कँडेलले मन्त्रालयले यस क्षेत्रमा ठुलो लगानी गरेको बताउँदै कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरे । कार्यक्रममा सिन्धुली जिल्लाका जिल्ला समन्वय उपाध्यक्ष, मन्थली र रामेछाप नगरपालिकाका उपप्रमुख, पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगायतले कार्यक्रमको बारेमा आफ्नो धारण राखे । कार्यक्रम अवधिभर हिंसा प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको उद्धार तथा पुन स्थापनाको क्षेत्रमा सामाजिक विकास मन्त्रालयले गर्दै आएको अबको योजनाका विषयमा छलफल हुने राष्ट्रिय अपाङ्ग महासङ्घ बागमती प्रदेशका अध्यक्ष आश्विन लम्सालले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

बालकुमारीमा प्रहरीद्वारा गोली प्रहार, तीन लागुऔषध कारोबारी पक्राउ

ललितपुरको बालकुमारी क्षेत्रमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेसनका क्रममा संदिग्ध कारोबारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको हो । विशेष...