रामेछाप । जिल्ला सदरमुकाम मन्थलीको भैसेश्वरमा रहेको चन्द्रशेखरेश्वर मन्दिरमा लगाएको श्रीमद्भागवत सप्ताह एवम् पाञ्चायन ज्ञान महायज्ञको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको छ । शनिवार महायज्ञ समापन भए सँगै व्यवस्थापन पक्षले कार्यक्रम अवधिभर प्राप्त सहयोग र खर्च विवरण सार्वजनिक गरेको हो । शिव शक्ति कल्याणी सहारा आश्रमको व्यवस्थापनमा सञ्चालन गरिएको महायज्ञमा कुल ३ लाख २ हजार ७ सय रुपैयाँ सहयोग प्राप्त भएको शिव शक्ति कल्याणी सहारा आश्रमका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए । सहयोग रकम मध्य पण्डित टोलीका लागि १ लाख ९४ हजार ८ सय ८० रुपैयाँ र मण्डवका लागि आवश्यक अन्य सामाग्रीका लागि कुल ३८ हजार १ सय ९३ रुपैयाँ खर्च भएको जानकारी दिए । सबै खर्च कटाएर यज्ञबाट संस्थालाई कुल ६९ हजार ७२ हजार रुपैयाँ नाफा भएको जानकारी पनि अध्यक्ष श्रेष्ठले बताए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









