दोस्रो मन्थली ‘नगर कप’ वडा नं ७ भटौलीले उचाल्यो

रामेछाप । दोस्रो मन्थली ‘नगर कप’ पुरुष भलिबल प्रतियोगिताको उपाधि मन्थली नगरपालिका वडा नं–७ भटौली उचाल्न सफल भएको छ । बुधवार २४ गते देखि २७ सम्म गते सम्म मन्थलीको जिल्ला समन्वय समितिमा शनिवार भएको फाइनल खेलमा वडा नं १ मन्थलीलाई २२–२५, २३–२५, १९–२५ को सोझो सेटमा हराउँदै वडा नम्बर ७ भटौली उपाधि हात पार्न सफल भएको हो ।
प्रतियोगिताको फाइनल खेलमा भटौलीले सहभागी १४ वटै वडाका प्रतिस्पर्धी टिमलाई उछिन्दै प्रथम स्थान हाँसील गर्न सफल भएको छ । प्रथम भएसँगै भटौलीले नगद १ लाख सहित ‘रनिङ शिल्ड’, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा द्धितिय स्थान प्राप्त गरेको वडा नं १ मन्थलीले नगद ७५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र पाउन सफल बनाउन सफल भएको छ । त्यसैगरि वडा नं ८ चिसापानीले तेस्रो स्थान हासिल गरेको छ । वडा नं ८ चिसापानीले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउन सफल भए सँगै सहभागी खेलाडी मध्य उत्कृष्ट खेलाडी समेत हात लाउन सफल भएको छ ।
प्रतियोगितामा वडा नं ४ सालुले भने सान्त्वना स्थान प्राप्त गरेको छ । उसले नगद ३० हजार सँगै ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उप–प्रमुख ईश्वरी बस्नेत र वडा अध्यक्ष हरूको उपस्थितिमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरपालिका प्रमुख लव श्रेष्ठले विजेता खेलाडीहरूलाई पुरस्कार राशि, शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरे ।
मन्थली नगरपालिका खेलकुद विकास समितिको आयोजना र गोपाल माझीको अध्यक्षतामा भएको दोस्रो नगर कपमा नगर भित्र रहेका १४ वटै वडाको टिमले सक्रिय रूपमा सहभागिता जनाएका थिए । उक्त प्रतियोगिता अन्तर्गत विभिन्न ७ विधामा उत्कृष्ट खेलाडी, कोच र सर्वोत्कृष्ट खेलाडी समेतलाई आयोजकले नगद ३ हजार र ५ हजार सहित पुरस्कृत गरेको छ ।
नगरले उत्कृष्ट खेलाडीको रुपमा उपाधी उत्कृष्ट स्पाइकर वडा नम्बर ७ का खेलाडी देवराज माझी, उत्कृष्ट सटर वडा नम्बर ३ का खेलाडी नविन माझी, उत्कृष्ट सर्बर वडा नम्बर ४ का खेलाडी रामहरी खत्री, उत्कृष्ट डिफेन्डर वडा नम्बर ७ का खेलाडी सुरेश माझी, उत्कृष्ट बलकर वडा नम्बर १ का खेलाडी सलक माझी, उत्कृष्ट खेलाडी ७ का खेलाडी कुमार भुषाललाई सम्मान समेत गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थलीमा टाटाको योद्धा गाडी दुर्घटना, एक जनाको मृत्यु रामेछाप २६ भाद्र । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडि नजिकै भित्री सडकमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रामेछापबाट मन्थलीतर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४९१३ नम्बरको टाटाको योद्धा...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...