रामेछाप । दोस्रो मन्थली ‘नगर कप’ पुरुष भलिबल प्रतियोगिताको उपाधि मन्थली नगरपालिका वडा नं–७ भटौली उचाल्न सफल भएको छ । बुधवार २४ गते देखि २७ सम्म गते सम्म मन्थलीको जिल्ला समन्वय समितिमा शनिवार भएको फाइनल खेलमा वडा नं १ मन्थलीलाई २२–२५, २३–२५, १९–२५ को सोझो सेटमा हराउँदै वडा नम्बर ७ भटौली उपाधि हात पार्न सफल भएको हो ।
प्रतियोगिताको फाइनल खेलमा भटौलीले सहभागी १४ वटै वडाका प्रतिस्पर्धी टिमलाई उछिन्दै प्रथम स्थान हाँसील गर्न सफल भएको छ । प्रथम भएसँगै भटौलीले नगद १ लाख सहित ‘रनिङ शिल्ड’, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा द्धितिय स्थान प्राप्त गरेको वडा नं १ मन्थलीले नगद ७५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र पाउन सफल बनाउन सफल भएको छ । त्यसैगरि वडा नं ८ चिसापानीले तेस्रो स्थान हासिल गरेको छ । वडा नं ८ चिसापानीले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउन सफल भए सँगै सहभागी खेलाडी मध्य उत्कृष्ट खेलाडी समेत हात लाउन सफल भएको छ ।
प्रतियोगितामा वडा नं ४ सालुले भने सान्त्वना स्थान प्राप्त गरेको छ । उसले नगद ३० हजार सँगै ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उप–प्रमुख ईश्वरी बस्नेत र वडा अध्यक्ष हरूको उपस्थितिमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरपालिका प्रमुख लव श्रेष्ठले विजेता खेलाडीहरूलाई पुरस्कार राशि, शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरे ।
मन्थली नगरपालिका खेलकुद विकास समितिको आयोजना र गोपाल माझीको अध्यक्षतामा भएको दोस्रो नगर कपमा नगर भित्र रहेका १४ वटै वडाको टिमले सक्रिय रूपमा सहभागिता जनाएका थिए । उक्त प्रतियोगिता अन्तर्गत विभिन्न ७ विधामा उत्कृष्ट खेलाडी, कोच र सर्वोत्कृष्ट खेलाडी समेतलाई आयोजकले नगद ३ हजार र ५ हजार सहित पुरस्कृत गरेको छ ।
नगरले उत्कृष्ट खेलाडीको रुपमा उपाधी उत्कृष्ट स्पाइकर वडा नम्बर ७ का खेलाडी देवराज माझी, उत्कृष्ट सटर वडा नम्बर ३ का खेलाडी नविन माझी, उत्कृष्ट सर्बर वडा नम्बर ४ का खेलाडी रामहरी खत्री, उत्कृष्ट डिफेन्डर वडा नम्बर ७ का खेलाडी सुरेश माझी, उत्कृष्ट बलकर वडा नम्बर १ का खेलाडी सलक माझी, उत्कृष्ट खेलाडी ७ का खेलाडी कुमार भुषाललाई सम्मान समेत गरेका छन् ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...