सहकारीले कर्जा असुली गर्न सकिएन भन्न पाइँदैन ः नेफ्स्कुन अध्यक्ष ढकाल

रामेछाप । सहकारीहरूले ऋण असुली गर्न सकिएन भन्न नमिल्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून)का अध्यक्ष चन्द्र ढकालले बताएका छन् । मन्थली बचत तथा ऋण सहकारी संघको २७ औँ स्थापना दिवसमा रामेछाप आएका अध्यक्ष ढकालले दिने समयमा सजिलै सँग दिने अहिले असुली गर्न सकिएन भन्न नमिल्ने बताएका हुन् । पछिल्लो समयमा भएको सहकारीको समस्याको बारेमा जिल्ला बचत तथा ऋण सहकारी सङ्घ रामेछापको कार्यालयमा बोल्दै अध्यक्ष ढकालले भने“ हामीले पहिला कर्जा असुली गर्न सक्नु पर्छ । अनि मात्र बचत फिर्ता गर्न सकिन्छ । ऋण  असुली तर्फ नलागे बचत फिर्ता गर्न गाह्रो छ । यदि ऋण असुली भएको अवस्थामा कुनै समस्या छैन । बिना धितो ऋण दिने सहकारीलाई समस्या होला त्यो सहकारीले जिम्मा लिन सक्नु पर्छ । सहकारीको पैसा घरको पैसा दिएको जसरी सहजै दिने सहकारीहरूलाई भने पछिल्लो समय समस्या आएको छ । सहकारीको नीति र विधिमा रहेर काम गर्ने सहकारीलाई अहिले कुनै पनि समस्या छैन । अध्यक्ष ढकालले भने । 

थप विवरण जस्ताको त्यस्तै भिडियोमा

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोपमा नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई विधान विपरीत कार्य गरेको भन्दै जवाफ मागेको हो । यसअघि चैत १४ मा...

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित भएको मन्थली नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता वैशाख ४ गते देखि सञ्चालन हुने भएको छ । मन्थली नगर खेलकुद विकास समितिका अनुसार मन्थली माविको खेल मैदानमा हुने यस प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । विगतमा तीन दिनसम्म चल्ने...

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

जिल्ला प्रशासन कार्यालय रामेछापले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले माघदेखि चैत्र मसान्तसम्म सम्पादन गरेका प्रमुख कार्यहरूको विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो । प्रशासकीय अधिकृत चुडामणि अर्यालका अनुसार...