गठबन्धनमा कुनै समस्या छैन् ः प्रधानमन्त्री दाहाल

रामेछाप — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकारमा कुनै पनी समस्या नभएको बताएका छन् । रामेछापको सुनापति गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यो सरकारले शान्ति प्रक्रिया टुंगोमा पु¥याउनका साथै विकास निर्माणका कार्यलाई अग्रगतिमा लैजानका लागि वर्तमान गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । प्रधानमन्त्री दहालले भने, ’सानो दुःख र प्रयासले गठबन्धन बनेको होइन, वर्तमान गठबन्धन कुनै पनि हालतमा टुट्दैन ।’


त्यस्तै प्रधानमन्त्री दाहालले एक वर्षको अवधिमा सरकारले आर्थिक, सामाजिक क्षेत्रमा उल्लेख गर्न लायक काम गरेको दाबी गरेका छन् । संविधान कार्यान्वयनका लागि सरकारले आवश्यक संघीय ऐन कानुन बनाएर प्रदेश र स्थानीय तहलाई अझ बलियो बनाउने बताएका छन्
साथै प्रधानमन्त्री दाहालले मध्यपहाडी लोकमार्गको बाँकी काम छिटै सम्पन्न गर्ने बताउदै रामेछापको विकासका लागि संघीय सरकारले सक्दो प्रयास गर्ने आश्वासन दिएका छन् ।


त्यस्तै नेपालले लामो समयको प्रतिक्षापछि विद्युत्को दीर्घकालीन व्यापारको लागि ढोका खुलेको प्रधानमन्त्री दाहालले बताएका छन् । भारतसँग बिहीबार मात्र नेपालबाट १० वर्षमा १० हजार मेघावाट विद्युत् व्यापारको सम्झौता भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सम्झौताले भारतमा मात्र नभई बंगलादेशमा विद्युत् व्यापारको समेत ढोका खुलेको बताए हुन् ।


प्रधानमन्त्री दाहालले बेथानलाई नेपालको परिवर्तनका लागि विरताको गाथा बोकेको स्थानको रुपमा चर्चा गरेका छन् । प्रधानमन्त्री दाहालले पुष्पलालको जन्मस्थान रामेछापको भंगेरी र बीपीको जन्मस्थान दुम्जामा राजनीतिक पर्यटन स्थलको रुपमा विकास गरिने पनि बताए ।
प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ, वाग्मती प्रदेशका सदस्य युवराज चौलागाई र आनन्दकुमार श्रेष्ठले रामेछापमा विकास निर्माणका कार्यक्रम संचालन गरिदिन प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराएका थिए । करिब ३ करोड ४८ लाख ५० हजार रुपैयाँ लागतमा निर्माण भएको गाउँपालिकाको सुविधासम्पन्न भवनमा १० कार्यालय कोठा र सभाहल रहेका छन् ।

प्रधानमन्त्री दाहालले बिहीबार नै सुनापतिको बेथानस्थित पानीघाटमा निर्मित सहिद पार्कमा २०५३ पुस १९ गते बेथान प्रहरी चौकी आक्रमणको क्रममा मारिएका ३ जना माओवादी कार्यकर्ताको सालिकमा माल्यार्पण गरेका थिए । माओवादीले पुस १९ लाई विरता दिवसको रुपमा मनाउँदै आएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...