जिल्लाको समस्याको विषयमा केन्द्रिय छलफल भएको छ ः केन्द्रिय सदस्य नेपाली

रामेछाप । नेपाली काँग्रेसका केन्द्रिय सदस्य हरीशरण नेपालीले रामेछाप जिल्लाको समस्याको विषयमा केन्द्रिय समितिमा छलफल भइ रहेको बताएका छन् । रामेछापले आय कोजना गरेको ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा गोकुलगंगा गाउँ पालिकाको वडा नं ६ फर्पुमा बेल्दै नेपाली काँग्रेस रामेछाप भित्रको समस्याको विषयमा केन्द्रिय समितिमा छलफल भइ रहेको बताएका छन् । केन्द्रिय समिति बिबाद मिलाउन लागी परेको भन्दै रामेछापको समस्या छिटै समाधान हुने बताए ।


साथै केन्द्रिय सदस्य नेपालीले काँग्रेसले काँग्रेसबाट मन्त्रि भएका मन्त्रीहरु संग प्रश्न गर्ने कार्यको थालनी समेत गर्न थालेको बताए । केन्द्रिय सदस्य नेपालीले भने“मन्त्रीहरुलाई हामीले पश्न गर्ने गरेका छौं । तपाईले नागरिकको पक्षमा के काम गर्नु भो देशका लागी केके गर्नु भयो त्यसको उपलब्धी के हुदै छ । भन्ने जस्ता प्रश्न गर्ने काम भइ रहेको छ ।”


नेपाली काँग्रेसले औपचारीक रुपमा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस कार्यक्रम सञ्चालन गनु पहिले स्थानमा स्व. राजनारायण श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रम रिएको थियो । काङ्ग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङको अध्यक्षतामा दूबै कार्यक्रम हरू सम्पन्न भएका थिए । श्रद्धाञ्जली सभामा नेपाली काङ्ग्रेसका महाधिबेशन प्रतिनिधि ध्रुबहरी ढुंगेलले स्व.श्रेष्ठले रामेछाप –काठमाण्डौं सम्पर्क मञ्चको सभापति हुँदा र त्यस अघि पार्टिमा दिएको योगदानको चर्चा गर्दै अब त्यस्ता ईमान्दार र वफादार ब्यक्ती पाउन गारो हुने बताएका थिए ।


तत् पश्चात राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा भएको सम्मान तथा अन्तरकृया कार्यक्रममा मा स्थानीय निर्मला खड्का ( काग्रेस नेता स्व. गजेन्द्र खड्का कि धर्मपत्नी ) र ने का पुर्व वडा पार्टि सभापति ईन्द्र बहादुर खड्कालाई पार्टिमा दिएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो । जिल्ला सभापती पुर्णबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस रामेछापका निवर्तमान सभापति एबं रामेछाप नगरपालिकाका नगर प्रमुख लव श्री न्यौपाने , ट्रेड युनियन का पुर्व सचिब डि बि अर्याल ,प्रदेश सदस्य उज्वलराम घिमिरे ,महाधिबेशन प्रतिनिधिहरू क्रमश ःध्रुव हरी ढुंगेल, झप्पड राज भण्डारी, नर बहादुर थापा मगर , उषा कार्की, काङ्ग्रेस नेता कृृष्ण बहादुर महत, गोकुल गंगा गाउँ पाालिकाका अध्यक्ष काजी बहादुर खड्का, पालिका सभापति मणि लामा, , लिखु ताकाकोसी गाउँ पालिकाका अध्यक्ष केशब महत लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...