पाँचौँ लिखु राष्ट्रपति रनिङ शिल्ड सुरु

ओखलढुङ्गा । पाँचौँ लिखु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रवार देखी गाम्नाङ्गटारमा सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ मा तिन दिन सम्म सञ्चालन हुने पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिका भित्रका ८ वटा  माध्यमिक विद्यालयको सहभागिता रहेको छ । 

वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम क्याप्छाकी मगरको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष अशोक कुमार कार्कीले गत वर्ष केही कमीकमजोरी हुँदा खेलाडीहरूलाई जिल्ला स्तरीय खेलमा पठाउन नसकेको  भएपनी खेलकुद क्षेत्रको विकासका लागी निरन्तर काम गर्दै आएको बताए ।  

गाउँपालिका अध्यक्ष कार्कीले भने“ गाउँपालिकाको लागी पालिका भित्रको सबै विद्यालय र खेलाडी बराबर भएको भन्दै कुनै विद्यालय र विद्यार्थीलाई सहयोग गर्ने कुनै विद्यालय र विद्यार्थीलाई सहयोग नगर्ने भन्ने हुन्न । सबै विद्यालय र विद्यार्थीलाई एकरूपता सहयोग हुन्छ । खेल जित्न भन्दा पनि अनुशासनमा रहेर अनुशासित भएर खेल्नु होला ।

साथै गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले सम्पूर्ण बिद्यार्थीहरुलाई खेलमा परिनत गर्न थुर्पै खेल खेलाएर विद्यार्थीको सर्वाङ्गतक विकासका लागी खेलाएको भन्दै गाउँपालिका खेलकुदको क्षेत्रको विकासको लागी अझै लागी पर्ने बताए । 

शुक्रवार सम्पन्न खेलमा पुरुष तर्फ एक सय मिटर दौडमा ग्रामोदय युगकवि सिद्धिचरण माध्यमिक विद्यालय, प्रथम भएको छ । महिला तर्फ सय मिटर दौडमा लेती मा.वि प्रथम भएको छ । त्यस्तै गरी २०० मिटर दौडमा  पुरुष तर्फ ग्रामोदय युगकवि सिद्धिचरण माध्यमिक विद्यालय, प्रथम भएको छ भने महिला तर्फ यसम मावि प्रथम भएको छ । 

यसै गरी ४०० मिटर दौडमा पुरुष तर्फ ग्रामोदय युगकवि सिद्धिचरण माध्यमिक विद्यालय र महिला तर्फ जनजीवन मा.वि प्रथम भएको आयोजकले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...