रामेछाप महोत्सवमा ५० हजारले अवलोकन गर्ने आयोजकको दावी

रामेछाप । पौष २६ गते देखी मन्थलीमा हुने वृहत् रामेछाप महोत्सवमा ५० हजार भन्दा बढीले महोत्सव अवलोकन गर्ने आयोजकले जनाएको छ । आज (बिहिबार) पत्रकार सम्मेलन गर्दै रामेछाप उद्योग वाणिज्य सङ्घले रामेछाप लगाएत अन्य जिल्ल बाट ५० हजार भन्दा बढी दशर्कले महोत्सव अवलोकन गर्ने बताएका छन् । पौष २६ गतेदेखि माघ ७ गतेसम्म चल्ने महोत्सवको ४० प्रतिशत काम सम्पन्न भएको पनी आयोजक संस्था रामेछाप उद्योग वाणिज्य सङ्घले जनाएको छ ।


पत्रकार सम्मेलनमा रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापा मगरले वृहत् रामेछाप महोत्सवको तीव्र तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘‘रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलस्रोत र पर्यटन तथा पूर्वाधार हाम्रो रामेछाप, राम्रो रामेछाप भन्ने मूल नाराका साथ ११ दिने रामेछाप महोत्सव हुँदै छ । अहिले रामेछाप उद्योग वाणिज्य सङ्घले महोत्सवको तयारीका लागि विभिन्न १५ वटा उपसमितिहरू निर्माण गरी काम गरिरहेको छ । यो महोत्सवले रामेछापको स्थानीय कृषि उत्पादन र पर्यटन प्रवर्धनमा टेवा पु¥याउने अनि सुस्ताउँदै गएको बजार चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा छ ।’’ पौष २६ गते बिहीबार जिल्ला समन्वय समितिको प्राङ्गणमा उद्घाटन हुने महोत्सवमा जिल्लामा रहेका दुई नगरपालिका र ६ वटा गाउँपालिकाको वडा तहमा उत्पादित कृषि उत्पादनहरू, हस्तकलाका सामाग्रीहरु सहितका एक सय पचास वटा स्टलहरू रहने अध्यक्ष थापामगरको भनाइ छ ।


६८ लाख ५० हजार रुपैयाँ लागत अनुमान रहेको महोत्सवमा ५० हजार भन्दा बढी मानिसले अवलोकन गर्ने अनुमान गरिएको उहाँले बताउनुभयो । रामेछापका सबै पालिकाहरूसँग समन्वय गरेर उनीहरूको पनि जिम्मेवारी बहन हुने गरी स्थानीय उत्पादनहरू, हस्तकला, भेसभुसा, कृषि सामाग्रीहरूलाई महोत्सवमा विशेष महत्त्व दिइने महोत्सव आयोजक मूल समारोह समितिका संयोजक एवं रामेछाप उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष केशव प्रसाद घिमिरेले बताउनुभयो । महोत्सवमा स्थानीय कला संस्कृतिको संरक्षण, जगेर्ना र प्रचार प्रसारमा टेवा पु¥याउनका लागि रामेछाप रहेका विभिन्न जातजातिको भेसभुसा र संस्कृति झल्कने झाकी प्रदर्शनी हुने उहाँले बताउनुभयो । महोत्सवले जिल्लाभर रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको पनि प्रचार प्रसारमा सहयोग पुग्ने अपेक्षा लिएको उहाँको भनाइ छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...