गोकुलगंगामा राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सम्पन्न ः उपाधि शारदा मावि ठोसेले उचाल्यो

११ पुष २०८०, बुधबार

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सम्पन्न भएको छ । राष्ट्रपति रनिङ शिल्डको उपाधि भने वडा नम्बर २ मा रहेको शारदा मावि ठोसे हात पारेको छ । शनिवार शारदा मावि ठोसेको खेल मैदानमा भएको खेलमा पालिका भित्रका ७ वटा माविको सहभागिता रहेको थियो शारदा मा.वि ठोसेले प्रतियोगितामा ६ वटा माविलाई पछि पार्दै उपाधि उचाल्न सफल भएको हो । शारदा माविले ७ स्वर्ण, ९ रजत र ४ कास्य पदक गरी कूल २० पदक जित्तै शिल्ड उचालेको हो ।


सातै स्वर्ण, ६ रजत र ७ कास्य पदक गरी २० वटै पदक जितेको जन जागृत मावि वडा नं ४ बेताली दोस्रो बन्दा ६ स्वर्ण, ४ रजत र ३ कास्य पदक गरी १३ पदक सहित गोकुलगंगा मावि वडा नं ३ रस्नालु तेस्रो बनेको छ ।


जट्टेश्वरी मावि वडा नं १ चुचुरे ४ स्वर्ण, २ रजत र १० कास्य सहित चौथो बन्यो । भने, कमलादेवी माविले ११ पदक, माध्यमिक विद्यालय फर्पु वडा नं ६ ले कूल ५ र सेवी देवी मावि वडा नं १ चुचुरेले कुल ३ पदक जितेको आयोजकले जनाएको छ । विजेता खेलाडीहरूलाई प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले पुरस्कार सहित शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरेका छन् ।


पालिकाको कूल साँढे ६ लाख रुपैयाँ लागतमा संचालित राष्ट्रपति रनिङ शिल्डमा खेलमा सहभागी प्रत्येक विद्यालयलाई छुट्टै नगद प्रदान गरिएको पालिकाका शिक्षा अधिकृत नरेन्द्र सिंह भण्डारीले जानकारी दिए । कार्यक्रममा पालिका अध्यक्ष काजी बहादुर खड्का, उपाध्यक्ष उषादेवी कार्की, वडा अध्यक्षहरू सहितको उपस्थिति रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...