पौडेलको नेतृत्वमा काँग्रेसले जाजरकोटमा १ सय अस्थायी आवास निर्माण सम्पन्न

Written by meropradesh creator

१० मंसिर २०८०, आईतवार

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले १ सय अस्थायी आवासको आधारभूत संरचना निर्माण सम्पन्न गरेको छ ।

पार्टीको निर्णय अनुसार पौडेल नेतृत्वको टोलीले नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा निर्माणको काम थालेको थियो । टोलीले शुक्रबारसम्म श्रमदान गरेर १ सय वटा अस्थायी आवासको आधारभूत संरचना निर्माणमा सहयोग गरेको नेपाली काँग्रेस महासमिति सदस्य सुशिल भट्टले जानकारी दिए । भूकम्पपछि क्षतिग्रस्त भएका केही घरहरुको भग्नावशेष पन्छाउन समेत संलग्न उक्त टोली शनिबार काठमाडौँ आइपुगेको छ । टोलीमा पौडेलसहित दिल्लीराम सुवेदी, दीपकबाबु कडेल, भागवत रेग्मी, सुवास घिमिरे, पुष्प बस्नेत, महेन्द्र शाह, छवि पन्त, सुशील भट्टलगायतका नेता कार्यकर्ता रहेका थिए ।

गत सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अस्थायी आवास बनाउन स्वयमसेवक खटाउने निर्णय गरेसँगै पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्रतिर गएको थियो । कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएर अस्थायी टहरा बनाउन सहयोग गर्ने निर्णय अनुसार अन्य टोली पनि प्रभावित क्षेत्रमा सक्रिय रहेको छ ।

नेता पौडेलका अनुसार टोलीले १ सय वटा अस्थायी घर निर्माणमा श्रमदान गरेपनि आवासका लागि चाहिने जस्तापाताको अभावका कारण स्थानीय स्रोत साधनको प्रयोग गरेर सुरक्षित बनाउने कार्य भएको बताएका छन् । आवास निर्माणको सरकारी मापदण्ड बनेपनि सो अनुसार समयमा प्रभावितले रकम पाउन नसक्दा समस्या भएको बताइएको छ ।

यसैबीच काँग्रेस नेता पौडेलले पुनर्निर्माण बारे विभिन्न १० बुँदे सुझाव पनि दिएका छन्

१, सरकारले घोषणा गरेको ५० हजार रुपैयाँ राहत तत्काल उपलब्ध गराउनु पर्ने ।
२, भूकम्पले क्षतविक्षत भएका घर गोठ तत्काल सफा गरेर ( पूर्ण रूपमा भत्किएका घर सफाइ गर्न तथा आंशिक रुपमा क्षति भएका घर भत्काउन जनशक्तिको ठुलो अभाव रहेको ) सुरक्षाकर्मीको प्रयोग गरी मुचुल्का तथा आवश्यक प्रक्रिया पूरा गरी टहरा निर्माणका लागि सहजीकरण गर्नुपर्ने ।
३, टहरा निर्माणका लागि ठुलो जनशक्ति आवश्यक रहेको हुँदा स्वयंसेवी भूमिका लागि उत्साहित हुने गरी सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्ने ।
४, चिसो मौसमबाट नागरिकलाई जोगाउन न्यानो लत्ता कपडा, ब्लाङकेट, टेन्ट लगायतका सामाग्री तत्कालै व्यवस्था गर्नुपर्ने ।
५, भूकम्पका कारणले प्रभावित भएका बालबालिकाको नियमित अध्ययन अध्यापन सुचारु गर्न अस्थायी संरचना तथा विद्यालय पुनर्निर्माण तत्काल गर्नुपर्ने ।
६, स्थानीय युवालाई आर्थिक गतिविधिमा जोड्न योजना निर्माण गर्ने तथा आर्थिक सहयोग, अनुदान र सहुलियत ऋण उपलब्ध गराउनु पर्ने ।
७, जिल्लाका कतिपय बस्ती अति जोखिममा रहेका कारण त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न योजना निर्माण गर्नुपर्ने ।
८, भूकम्पबाट हुन सक्ने जोखिम कम गराउन भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न आवश्यक जनचेतना तथा प्राविधिक सहयोग गर्नुपर्ने तथा दीर्घकालीन योजना निर्माण गर्नुपर्ने ।
९, पुन निर्माण तथा नागरिकको स्थायी घर निर्माणको कार्य तत्काल सुरु गर्नुपर्ने ।
१०, गरिबीको रेखा मुनि रहेका नागरिकलाई भइपरी आउने आपत् विपत्मा सहयोग गर्न तथा सरकारको आभास हुने गरी दीर्घकालीन व्यवस्थापनका योजना निर्माण गर्नुपर्ने ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मंगलबार देशभर वर्षाको सम्भावना: चट्याङ र मेघगर्जनबाट जोगिन सतर्कता अपनाउन महाशाखाको आग्रह

मंगलबार देशभर वर्षाको सम्भावना: चट्याङ र मेघगर्जनबाट जोगिन सतर्कता अपनाउन महाशाखाको आग्रह

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार मुलुकका धेरैजसो भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने प्रक्षेपण गरेको छ। तराईका समथर मैदानदेखि उच्च हिमाली भेगसम्म नै वर्षाको प्रभाव रहने अनुमान गरिएको छ। विशेषगरी भैरहवा, सिमरा, जनकपुर र...

नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्। कार्यकाल बाँकी छँदै अध्यक्ष बस्यालले विशेष कारण देखाउँदै र सिइओ चापागाईंले पनि सँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर...

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्ने गिरोह प्रहरीको नियन्त्रणमा

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्ने गिरोह प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न स्थानमा महिलाहरूको सुनको सिक्री लुट्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोट ककनीका सविन तामाङ, विमल तामाङ र सुजन तामाङसहित नुवाकोट विदुरका सतिस अमात्य र सोलुखुम्बुकी रितिका माझी रहेका छन्। गत...