काठमाडौँ । जिल्ला प्रहरी कार्यालय जनकपुरमा दुर्गा प्रसाईँविरुद्ध उजुरी परेको छ । प्रसाईले पुरानो राष्ट्रिय गान बजाएको भन्दै धनुषा प्रहरीमा जाहेरी परेको हो । जाहेरीमा संविधान तथा कानुन प्रतिकुल हुने काम गर्न छुट नदिएको भन्दै प्रसाईँलाई हदैसम्म कैद तथा जरिवाना गर्न माग गरिएको प्रहरीले जनाएको छ ।
कात्तिक अन्तिम साता जनकपुरमा ‘हिन्दु सम्राट् सेना धनुषा’ले गरेको कार्यक्रममा ‘श्रीमान् गम्भीर नेपाली’ नामको गान बजाइएको थियो । सो कार्यक्रममा प्रसाईँ अतिथि थिए । उनकै निर्देशनअनुसार उक्त गान बजाइएको थियो ।
प्रसाईँले राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको भन्दै प्रसाईँविरुद्ध युवा सङ्घ नेपाल धनुषाका अध्यक्ष रोषनकुमार यादवले जाहेरी दिएको धनुषा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जाहेरी अध्ययनका क्रममा रहेको छ ।









