प्रचण्डले मुलुकमा अराजकता फैलाउन खोज्यो ः कोइराला

Written by meropradesh creator

३ मंसिर २०८०, आईतवार

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा अराजकता फैलाउन खोजेको नेपाली काँग्रेसका नेता शेखर कोइरालाले आरोप लगाएका छन् । विराटनगरका पत्रकार शङ्कर खरेलले लेखेको लघुकथा ॐ तृप्यन्तामञ पुस्तक विमोचन कार्यक्रममा शनिबार कोइरालाले दाहाल आफैँ प्रधानमन्त्री भएर अराजकता फैलाउने कोशिष गरिरहेको बताएका छन् । प्रधानमन्त्रीले सडकमा लाखौँ मान्छे उतार्ने लगायतका अभिव्यक्ति दिएर मुलुकमा अराजकता फैलाउन खोजेको काँग्रेस नेता कोइरालाले दावी गरेका छन् ।

झमुलुकको अर्थतन्त्र धरासायी बन्दै गएको छ तर प्रधानमन्त्रीले आफैँ सडक आन्दोलनमा उत्रने अभिव्यक्ति दिएर उद्योगी व्यवसायीलाई आतङ्कित बनाइरहेका छन्, कोइरालाले भने, झमुलुकभरि रहेका ६ लाख ५० हजार सटरमध्ये ३५ प्रतिशत खाली भएर उद्योगी व्यवसायी पलायन भइसकेको अवस्थामा आन्दोलनको त्रास देखाएर उद्योगी व्यवसायीलाई झन् आतङ्कित बनाइराखेका छन् ।

उनले मुलुकमा भ्रष्टाचार, दण्डहिनता नियन्त्रण र सुशासन कायम गर्नबाट राज्य चुकेका कारण आमसर्वसाधारण निरास बनेको बताए । मुलुकमा बहुविश्वविद्यालय र प्रादेशिक विश्वविद्यालय खोल्ने लहर छ तर कलेजहरू रित्तिँदै गएका छन्, उनले भने, विद्यार्थीहरू लाम लागेर विदेशी पलायन भइरहेका छन् । त्यसैले विद्यार्थी विदेश पलायन हुने कारण खोजेर निकास दिनु आवश्यक छ ।

सामुदायिक विद्यालयमा नि:शुल्क शिक्षा रहेकोलाई चुनोति दिँदै अंग्रेजी माध्यमको नाममा सामुदायिक विद्यालयहरूले अभिभावकसँग अवैधरूपमा रकम असुली गरिरहेको प्रति कोइरालाले आपत्ति जनाए । माध्यमिक तहको शिक्षा नि:शुल्क र गुणस्तरीय बनाउन सकेमात्रै देश उँभो लाग्ने उनको भनाइ छ । वैदेशिक रोजगारीका लागि युवा पलायनले मुलुकभरि वृद्धवृद्धा बेसहारा भएर पारिवारिक विचलनका साथै विकृति बढ्दै गएको भन्दै कोइरालाले चिन्ता व्यक्त गरे ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काको चुनावी घरदैलो अभियान शुरू

नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काको चुनावी घरदैलो अभियान शुरू

रामेछाप, १९ माघ । नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काको चुनावी घरदैलो अभियान आजदेखि खाँडादेवी गाउँपालिका वडा नं. ३ सित्खाबाट औपचारिक रूपमा शुरू भएको छ। आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई लक्षित गर्दै शुरू गरिएको घरदैलो अभियानमा उम्मेदवार...

निर्वाचन आचारसंहिता खुला उल्लङ्घन भएको दाबी, रास्वपामाथि तत्काल कारबाही माग

निर्वाचन आचारसंहिता खुला उल्लङ्घन भएको दाबी, रास्वपामाथि तत्काल कारबाही माग

रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आचारसंहिता खुला रूपमा उल्लङ्घन गरेको दाबी गर्दै नेपाली काँग्रेस र नेकपा एमालेले रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाको ध्यानाकर्षण गराएका छन्। नेपाली काँग्रेसका सचिव बिनोद कार्की, जिल्ला कार्यसमिति...

आचार संहिता पालना गरिएको रास्वपा रामेछापको स्पष्टोक्ति

आचार संहिता पालना गरिएको रास्वपा रामेछापको स्पष्टोक्ति

आचारसंहिता पालना गर्दै अघि बढेको रास्वपा रामेछापको स्पष्टोक्तिराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछाप जिल्ला समितिले संघीय निर्वाचनको आचारसंहिता पालना गर्दै घरदैलो अभियान सञ्चालन गरिरहेको जनाएको छ। खाँडादेवी गाउँपालिका–३ लाप्कामा स्थानीय खानेपानी समस्याबारे छलफल...