लिखु–३ जलविद्युत आयोजनाको दादागिरी ः स्थानीय आतङ्कित

Written by meropradesh creator

१५ कार्तिक २०८०, बुधबार

रामेछाप । रामेछाप र ओखलढुङाको सिमानामा रहेको लिखु–३ जलविद्युत आयोजना ( स्वेतगंगा हाइड्रोपावर)को दादागिरीका कारण स्थानीय आतङ्कित भएका छन् । जलबिधुत आयोजनाले बिना सूचना आफू अनुकूल खोला सुकाएर ड्याम थुन्ने र खोल्ने गर्दा स्थानीय आतङ्कित भएका छन् । सूचना जारी नगरी आफू अनुकूल ड्याम खोल्दा जलाउँदै गरेको लास समेत खोलाले बगाउने गरेको छ ।
मङ्गलवार साँझ नदिकानिरमा जलाउँदै गरेको शव जलबिधुत आयोजनाले एक्कासि पानी खोल्दा बगाएको छ । ओखलढुङाको साबिक गाम्नाङटार गाविस अध्यक्ष कृष्ण भट्टराईको मङ्गलवार साँझ ७ बजेको समयमा जलाउँदै गरेको लास आफन्तले अन्तिम संस्कार गर्न नपाउँदै बगाएको छ । एक्कासि नदिमा ठुलो भेल आएपछि मलामीहरू भागेर ज्यान जोगाउन सफल भए भनी लास बगाएर लगेको छ ।
एकासी ठुलो नदी आयो हामी सबै लास छाडेर भागेर आफ्नो ज्यान जोगाउन सफल भयौ । पछि लास धेरै समय सम्म खोज्यौ तल तल सम्म पुगेर भेट्न सकेनौँ मलामी गएका लालप्रसाद भट्टराईले भने । यो एउटा प्रतिनिधि मूलक घट्ना मात्र हो यस्तो घट्ना धेरै पटक भइसक्यो उनले भने ।
गाम्नाङटारका  भट्टराईहरूको घाट लिखु गाउँपालिका–६ को तीतो खानी भन्ने ठाउँमा रहेको छ । डुँडे खोलाको दोभानमा रहेको उक्त घाटमा लास जलाउने क्रममा आयोजनाले पानी छाडेको हो । स्वेतगंगाले यसअघि नियमानुसार छाड्नुपर्ने १० प्रतिशत पानीसमेत नछाडेर हिउँदमा खोला सुकाएको र बालीनाली समेत मरेको तथा जलचरहरू मरेको भन्दै लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले अनुगमनका क्रममा कारबाहीको चेतावनी दिए पनि मनपरी कायमै रहेको छ ।
आयोजनाका प्रमुख रवीन्द्र तिमिलसिनाले भने कुनै पनि स्थानीयको गुनासो आयोजना प्रति नरहेको बताएका छन् । उनले भने जलाउँदै गरेको लास यदि ड्यामको पानी खोल्दा बगाएको भए हामीलाई जानकारी हुन पर्ने हो त्यस्तो कुनै पनि प्रकारको जानकारी हामी सँग आएको छैन पराजुलीले भने ।
स्थानीयले भने आयोजनाको विरोध हामीले गर्न सक्ने अवस्था छैन । समाजका अगुवा भन्ने सबै मिलेका छन् । आयोजनाको विरोध गर्‍यो भने हामी यो ठाउँमा बस्न सक्ने अवस्था छैन । खोलामा गाईबस्तुले खान समेत नरहने गरी सबै पानी ड्याममा हुल्छ । खेत बारीमा लगाउन त परको कुरा हो खेतीयोग्य जमिन बाँझो हुन थालिसक्यो । आयोजनाले कतिखेर पानी खोल्छ र सिचाइ गरौँ भन्ने अवस्था छ नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने ।
रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले विना सूचना ड्याम बन्द गर्न वा खोल्न नमिल्ने भन्दै यदि बिना सूचना बिद्युत् गृहले ड्याम खोल्ने र बन्द गर्ने गरेको हो भने यस विषयमा आयोजना सँग कुरा गर्ने र आवश्यक परे कार्वाहिको दायरामा समेत ल्याउने बताइन् । साथै जलविद्युत आयोजनाले पानी कम्तीमा १० प्रतिशत जुनसुकै समयमा पनि छाड्न पर्ने भएकोले नछाडेको हो भने आफू ओखलढुङ्गा सँग सहकार्य गरेर कानुनी प्रक्रियामा अघि बढाउने बताइन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोपमा नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई विधान विपरीत कार्य गरेको भन्दै जवाफ मागेको हो । यसअघि चैत १४ मा...

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित भएको मन्थली नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता वैशाख ४ गते देखि सञ्चालन हुने भएको छ । मन्थली नगर खेलकुद विकास समितिका अनुसार मन्थली माविको खेल मैदानमा हुने यस प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । विगतमा तीन दिनसम्म चल्ने...

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

जिल्ला प्रशासन कार्यालय रामेछापले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले माघदेखि चैत्र मसान्तसम्म सम्पादन गरेका प्रमुख कार्यहरूको विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो । प्रशासकीय अधिकृत चुडामणि अर्यालका अनुसार...