महासमिति सदस्यको विषयमा काँग्रेस कपिलवस्तु–३ मा विवाद केन्द्रमा उजुरी

Written by meropradesh creator

१४ कार्तिक २०८०, मंगलवार

कपिलबस्तु । नेपाली काँग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ मा महासमिति सदस्य चयनको विषयलाई लिएर विवाद भएको छ । नीति र विधिविपपरीत महासमिति सदस्य चयन गरिएको भन्दै केन्द्रमा आधा दर्जन महाधिवेशन प्रतिनिधिले  केन्द्रमा उजुरी दिएका छन् ।
आधा दर्जन महाधिवेशन प्रतिनिधिले महासमितिका लागि पुनः निर्वाचनको माग गरेका छन् । आफू निकट महाधिवेशन प्रतिनिधिलाई मात्र महासमिति सदस्य छनोट गरी अन्य माहधिबेशन प्रतिनिधिलाई जानकारी समेत नगराई एकलौटी ढङ्ग बाट केन्द्रमा नाम पठाएको भन्दै केन्द्रमा उजुरी गरेका हुन । महाधिवेशन प्रतिनिधि अभिषेक प्रताप शाह, कमलबहादुर क्षेत्री, सुशीला बेल्वासे, नैनकला रेग्मी, प्यार मोहमत मिया, राधिका माली लगाएतले हस्ताक्षर गरी खारेजीको माग गर्दै उनीहरूले केन्द्रमा पठाएका हुन् ।
उनीहरूले १४औँ महाधिवेशनका प्रतिनिधिसँग सल्लाह नै नगरी, बैठक नै नबोलाई केन्द्रीय सदस्य रूपा विकको उपस्थितिमा क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्याय, महाधिवेशन प्रतिनिधि वीरेन्द्र  कनौडिया लगायतले एकपक्षीय रूपमा महासमिति प्रतिनिधि छनौट गरेको आरोप लगाएका छन् । उनीहरूले सो कार्य पार्टीको विधान विपरीत रहेको भन्दै सच्याउनका लागि पुनः निर्वाचन गर्नुपर्ने अडान राख्दै केन्द्रमा उजुरी हालेका हुन् ।
दलित कोटा बाट केन्द्रीय सदस्य बनेका रूपा बि.क. को समर्थनमा क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्याय, महाधिवेशन प्रतिनिधि वीरेन्द्र कनौडिया लगायतले एकपक्षीय रूपमा महासमिति सदस्य छनोट गरेका हुन् । बिक सहितको समूहले बलमिचाइ गरेर आफू निकटकालाई मात्रै महासमिति सदस्य बनाएका छन् । दलित कोटाबाट महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य बनेकी विकले अहिले खुल्ला महिला क्लस्टरमा आफूलाई विधान विपरीत सिफारिस गरेको निवेदनमा उल्लेख छ ।
महासमिति छनौट प्रक्रिया अलोकतान्त्रिक, विधान विपरीत र जनताको भावना विपरीत भएको भन्दै अहिलेको सिफारिस कार्यान्वयन नगरी पूर्ण सहमति वा निर्वाचनको माध्यमबाट महासमिति सदस्य छनौटको व्यवस्था मिलाइदिन माग गरिएको छ । साथै उनीहरूले क्षेत्रीय सभापति उपाध्यायले संघीय चुनाव मा उम्मेदवार सिफारिस गरे बापत सिफारिस गरिएका उम्मेदवार बाट अनुचित रूपमा सस्थागत नभई ब्यक्तिगत रूपमा केहि उम्मेदवारबाट पैसा उठाएको र अन्य सिफारिस उम्मेदवार बाट केहि रकम माग गरेर आफ्नो पदको दुरुपयोग गरि आर्थिक लाभ लिएकाे भन्दै आवश्यक परे प्रमाण पेश गर्ने पनि जनाएका छन् ।
महाधिवेशन प्रतिनिधि सुशीला वेल्वासेका अनुसार महासमिति सदस्य चयनको लागी महाधिवेशन प्रतिनिधि सदस्यहरू सँग बसेर कम्तीमा छलफल हुन पर्थ्यो । त्यो सम्म हुन सकेन । विधान त छलफल बाट सहमति जुट्न नसके निर्वाचनमा जान पर्ने हो । हामी निर्वाचनमा जान परे पनि तयार छौँ । सहमतिका लागी छलफल गर्न पनि तयार छौँ । एक पक्षीय ढङ्ग बाट पठाएको नामको पक्षमा हामी सहमति गर्न सक्दैनौँ । यसको विरोधमा हामी लडी रहन्छौ बेल्वासेले भने । पुर्व केन्द्रिय सदस्य समेत रहेका नि वर्तमान प्रतिनिधि सभा सदस्य माननीय अभिषेक प्रताप शाह जो काँग्रेस कपिलवस्तुको धरोहर हो उहाँको नाम छैन । म आफैले अधिवेशनमा क्षेत्रको मात्र नभई जिल्लाको सबै भन्दा बढी मत ल्याएको हो । कमल बहादुर क्षेत्री जस्ता व्यक्तिको कदर नगर्ने कार्यकर्ताको मतको सम्मान न गर्ने हो भने काँग्रेस पार्टी कसरी रहन्छ । बारम्बार जिल्लामा काँग्रेसले पराजय भोग्न पर्ने समस्या आउने कारण यही हो । हामी जस्ता नयाँ युवा पुस्ताले अब के सिक्ने बेल्वासेले भने ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...