भुजी फुटबल लिग सुरू

Written by meropradesh creator

१३ कार्तिक २०८०, सोमबार

रामेछाप । भुजी फुटबल लिग २०८० सुरु भएको छ । फुटबल क्लब भुजीको आयोजनामा आइतबार बाट रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं –७ भुजीमा भुजी फुटबल लिग २०८० सुरु भएको हो ।


क्लबले विगत २५ वर्ष देखी भुजी फुटबल लिग गर्दै आएको छ । २५ औँ स्थापना दिवसको अवसरमा आइतबार २५ केजीको केक काटेर स्थापना दिवस समेत मनाएको छ । ७ दिन सम्म चल्ने भुजी फुटबल लिगको उद्घाटन गर्दै नेपाली काँग्रेस रामेछापका सभापति समेत रहेका प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम)ले खेलको विकास बिना देशको विकास सम्भव नभएको बताएका छन् ।

खेलकुदले राष्ट्रियता जगाउनका साथै नागरिकमा एकता कायम गर्न सहज गर्ने र आन्तरिक तथा विदेशी पर्यटकको समेत आगमन हुने र देश विकासमा टेवा पुग्ने प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम)ले बताए । साथै जिल्लाको विकास निर्माणका लागी आफू लागिपरेको बताउँदै आफ्नो कार्यकालमा जिल्लाको विकासले नागरिकले सोचे अनुसार सफलता पाउने बताएका छन् । सो अवसरमा जिल्ला समन्वय समिति प्रमुख चिना कार्की, उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार, राप्रपा का जिल्ला उपाध्यक्ष दशराम सुनुवार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष शोभाराज सुनुवारको अध्यक्षतामा भएको खेलमा रामेछाप लागएत अन्य जिल्लाका १७ टिम खेलाडी सहभागी रहेको आयोजकले जानकारी दिएका छन् । प्रथम र द्वितीय हुने प्रतियोगी टिमहरूलाई क्रमशः नगद रू १ लाख २ हजार ५ सय पच्चिस र ५० हजार पच्चिस नगद साथै उत्कृष्ट प्लेयर,किपर,गोलकर्ता,डिफेन्डर,र म्यान अफ दि म्याच उपाधि हासिल गर्ने खेलाडीलाई मेडल, प्रमाणपत्र र ट्रफि हस्तान्तरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । उद्घाटन खेल आयोजक संस्था फुटबल क्लब भुजी ” बि” र गुप्तेश्वर बिच हुने बताइएको छ ।

साथै भुजी लिग ट्रफि कब्जा गर्न लगातार तिन वर्ष सफल भएका उक्त क्लब वा समूहलाई २२ क्यारेट सुन र १.५ केजी चाँदीको ट्रफिको समेत व्यवस्थापन गरिएको क्लबका संस्थापक अध्यक्ष बुद्धि बहादुर सुनुवारले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...