काठमाडौँ ः इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका ३ जनाको शव नेपाल आइपुगेको छ । चार जना नेपाली विद्यार्थी मध्य ३ जनाको शव आज काठमाडौँ आइपुगेको परराष्ट्र मन्त्री एनपी साउदका पे्रस संयोजक केशव साउदले जानकारी दिए ।
गए राति १२ बजे नारायणप्रसाद न्यौपानेको शव आइपुगेको हो भने केही बेरअघि लोकेन्द्रसिंह धामी र दीपेशराज बिष्टकोे शव काठमाडौँ आइपुगेको छ । आशिष चौधरीको शव भने दिउँसो १ बजे आइपुग्ने परराष्ट्र मन्त्री एनपी साउदका पे्रस संयोजक केशव साउदले जानकारी दिए ।
तेल अबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव फ्लाई दुबईको जहाजमार्फत नेपाल पठाएको हो । शव नेपाली सेनाको हेलिकप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लैजाने तयारी भएको बताइएको छ ।