कालीदेवी प्रावि बन्यो भैँसी गोठ सरोकारवाला बेखबर

Written by meropradesh creator

३० आश्विन २०८०, मंगलवार

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ९ पुरानोगाउँमा रहेको कालीदेवी प्रावि भैँसी गोठको रूपमा प्रयोग हुँदै आएको छ । विद्यार्थी नभएपछि स्थानापति माविमा विद्यालय मर्ज भए सँगै जनमैत्री साना कृषि सहकारी संस्थाले उक्त विद्यालय भवनलाई भैँसी गोठको रूपमा प्रयोग गर्दै आएको छ ।
विगत एक वर्ष देखी उक्त विद्यालय भवनमा भैँसीको घाँस तथा भूषा र दाना राख्ने थलो बनेको छ । एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा भने लगभग एक वर्ष देखी जनमैत्री साना कृषि सहकारी संस्थाले सञ्चालन गरेको भैँसी पालन फारमले स्कुल भित्र भूषा र दाना राख्दै आएका छन् । वडा कार्यालयले भाडामा दिएको हो कि के हो थाहा छैन । हामीले विरोध गर्न सक्ने अवस्था छैन । यहाँ मनलाग्दी छ जसले जे पनि गर्छ । दुःखले बनाएको विद्यालय भवनको अवस्था हेर्दा वैराग लागेर आउँछ ।
जनमैत्री साना कृषि सहकारी संस्थाका अध्यक्ष प्रमोद कुमार श्रेष्ठले भने सहकारीहरूले सञ्चालनमा ल्याएको भैँसी फारम नभएको बताए । अध्यक्ष श्रेष्ठले भने सहकारीले भैँसी फारम सञ्चालनमा ल्याएको हैन । भैँसी फारम व्यक्तिगत हो । भैँसी फारमले भूषा र दाना वर्षाको समयमा राखेको हो । अब सकिन लाग्यो । अब केही समयमा खाली हुन्छ । बेवारिसे अवस्थामा अलपत्र छाडेको भवनमा राखेको हो अहिले विद्यालयमा विद्यार्थी छैन । त्यस कारण हामीले प्रयोग गरेको हो श्रेष्ठले भने ।
 वडा अध्यक्ष गोकर्ण राज आरणले भने आफूलाई त्यस विषयमा कुनै जानकारी नभएको बताए । विद्यालय विगत ३ वर्ष अघि मर्ज भएपछि खाली छ । हामीले कसैलाई भाडामा लगाएको पनि छैनौँ र दिएको पनि छैन । यस विषयमा हामीलाई कुनै जानकारी छैन वडा अध्यक्ष आरणले भने ।
वडा भित्र भएका सार्वजनिक सम्पत्ति वडा कार्यालयले निगरानी गरी संरक्षण गर्नु पर्ने भएपनी वडा अध्यक्ष आरणले भने गैर जिम्मेवारी जवाफ दिँदै भाग्न खोजेको देखिन्छ । वडा अध्यक्ष स्वयम वडा शिक्षा समितिको संयोजक रहेपनी वडा अध्यक्ष आरणलाई आफ्नो क्षेत्र अधिकारको जानकारी नभएको हो या जिम्मेवारी निर्वाह गर्न नसकेको उनको जवाफ बाट प्रस्ट हुन्छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोपमा नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई विधान विपरीत कार्य गरेको भन्दै जवाफ मागेको हो । यसअघि चैत १४ मा...

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित भएको मन्थली नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता वैशाख ४ गते देखि सञ्चालन हुने भएको छ । मन्थली नगर खेलकुद विकास समितिका अनुसार मन्थली माविको खेल मैदानमा हुने यस प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । विगतमा तीन दिनसम्म चल्ने...

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

जिल्ला प्रशासन कार्यालय रामेछापले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले माघदेखि चैत्र मसान्तसम्म सम्पादन गरेका प्रमुख कार्यहरूको विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो । प्रशासकीय अधिकृत चुडामणि अर्यालका अनुसार...