हलेदे–धोबी सडक कालोपत्रे गर्न अर्थ मन्त्री सँग गाउँपालिका अध्यक्ष महतको आग्रह

Written by meropradesh creator

३० आश्विन २०८०, मंगलवार

रामेछाप । हलेदे–धोबी, सिरिसे–ढाडे सडकको कालोपत्रे गर्न लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामालाई आग्रह गरेका छन् । रामेछाप जिल्लाको रणनीतिक सडकको रूपमै महत्त्वपूर्ण मानिएको हलेदे–धोबी, सिरिसे–ढाडे सडक हाल सम्म अलपत्र अवस्थामा रहेको भन्दै कालोपत्रे गर्न बजेट विनियोजन गर्न आग्रह गरेका हुन् ।
गाउँपालिका अध्यक्ष महतले आइतबार बागमती प्रदेका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामालाई सडकको स्थलगत अवलोकन समेत गराएका छन् । महतले स्थलगत अवलोकन पछि झन्डै गाउँपालिकाको केन्द्र निस्कन किलोमिटर बाटो कालोपत्रे हुन बाँकी रहने भन्दै तत्काल सम्बोधन गरिदिन आग्रह गरेका हुन् । आफू र आफ्ना पालिकाका नागरिकले दैनिक कष्टकर यात्रा गर्न बाध्य भएको भन्दै यो आर्थिक वर्ष भित्र सम्बोधन गरिदिन मन्त्री लामालाई आग्रह गरेका हुन् । सडक कालोपत्रेका लागि लिखुतामाकोशी गाउँपालिकाले गत वर्ष पालिकाको विकास बजेट अन्यत्र कटाएर एक एकमुष्ट पाँच करोड यही सडकलाई छुट्टाएको र वाग्मती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले बहु वर्षीय योजना अन्तरगत २० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए । गाउँपालिकाको ५ करोड बजेटबाट एक हजार ८०० मिटर र प्रदेश सरकारको २० करोड बजेटबाट साढे ६ किलोमिटर सडक विस्तारको काम भइरहेको महतले जानकारी दिए ।
गाउँ पुगेका प्रदेश अर्थमन्त्रीलाई स्थानीय अगुवाले पालिकाको बस्तु स्थितिका बारेमा जानकारी गराउँदै सडक र खानेपानीको विकासमा जोड दिन अनुरोध गरेका छन् । अर्थमन्त्री समक्ष कुरा राख्दै गाउँपालिका अध्यक्ष केशव महतले  जिल्लाबाट विभिन्न कालखण्डमा जिल्लाका व्यक्ति पहुँचमा र नेतृत्वमा पुग्दा पनि लिखु तामाकोसी गाउँपालिकाको उक्त सडक अझै पनि सुधार हुन नसकेको बताए । एक प्रदेशबाट छिमेकी अर्को प्रदेश जोड्ने सडक पनि भएकाले यसको सुधार अनिवार्य रहेको अध्यक्ष  महतले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...