हलेदे–धोबी सडक कालोपत्रे गर्न अर्थ मन्त्री सँग गाउँपालिका अध्यक्ष महतको आग्रह

Written by meropradesh creator

३० आश्विन २०८०, मंगलवार

रामेछाप । हलेदे–धोबी, सिरिसे–ढाडे सडकको कालोपत्रे गर्न लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामालाई आग्रह गरेका छन् । रामेछाप जिल्लाको रणनीतिक सडकको रूपमै महत्त्वपूर्ण मानिएको हलेदे–धोबी, सिरिसे–ढाडे सडक हाल सम्म अलपत्र अवस्थामा रहेको भन्दै कालोपत्रे गर्न बजेट विनियोजन गर्न आग्रह गरेका हुन् ।
गाउँपालिका अध्यक्ष महतले आइतबार बागमती प्रदेका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामालाई सडकको स्थलगत अवलोकन समेत गराएका छन् । महतले स्थलगत अवलोकन पछि झन्डै गाउँपालिकाको केन्द्र निस्कन किलोमिटर बाटो कालोपत्रे हुन बाँकी रहने भन्दै तत्काल सम्बोधन गरिदिन आग्रह गरेका हुन् । आफू र आफ्ना पालिकाका नागरिकले दैनिक कष्टकर यात्रा गर्न बाध्य भएको भन्दै यो आर्थिक वर्ष भित्र सम्बोधन गरिदिन मन्त्री लामालाई आग्रह गरेका हुन् । सडक कालोपत्रेका लागि लिखुतामाकोशी गाउँपालिकाले गत वर्ष पालिकाको विकास बजेट अन्यत्र कटाएर एक एकमुष्ट पाँच करोड यही सडकलाई छुट्टाएको र वाग्मती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले बहु वर्षीय योजना अन्तरगत २० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए । गाउँपालिकाको ५ करोड बजेटबाट एक हजार ८०० मिटर र प्रदेश सरकारको २० करोड बजेटबाट साढे ६ किलोमिटर सडक विस्तारको काम भइरहेको महतले जानकारी दिए ।
गाउँ पुगेका प्रदेश अर्थमन्त्रीलाई स्थानीय अगुवाले पालिकाको बस्तु स्थितिका बारेमा जानकारी गराउँदै सडक र खानेपानीको विकासमा जोड दिन अनुरोध गरेका छन् । अर्थमन्त्री समक्ष कुरा राख्दै गाउँपालिका अध्यक्ष केशव महतले  जिल्लाबाट विभिन्न कालखण्डमा जिल्लाका व्यक्ति पहुँचमा र नेतृत्वमा पुग्दा पनि लिखु तामाकोसी गाउँपालिकाको उक्त सडक अझै पनि सुधार हुन नसकेको बताए । एक प्रदेशबाट छिमेकी अर्को प्रदेश जोड्ने सडक पनि भएकाले यसको सुधार अनिवार्य रहेको अध्यक्ष  महतले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...