अन्तर प्रदेश औद्योगिक भ्रमण उपलब्धि मूलक

Written by meropradesh creator

२५ आश्विन २०८०, बिहीबार

रामेछाप । घरेलु तथा साना उद्योग कार्यालय रामेछापको तिन दिने अन्तर प्रदेश औद्योगिक भ्रमण उपलब्धी मुलक भएको सहभागीहरुले बताएका छन् । अन्तर प्रदेश औद्योगिक भ्रमण उपलब्धि मूलक बनेको उद्योगी व्यवसायीहरूले बताएका छन् । घरेलु तथा साना उद्योग कार्यालय रामेछापले जिल्लाका विभिन्न स्थानमा साना उद्योग सञ्चालन गरिरहेका २० जना साना उद्योगी व्यवसायीलाई बिभन्न खाले उद्योगहरूको अवलोकन गराएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयले केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरान, जडीबुटी प्रशोधन केन्द्र, तरहरा धरान, एसियन फुड विराटनगर, सूर्योदय मिल्क एन्ड वेभरेज इण्डष्ट्रिज प्रालि मोरङ, खाद्य क्वारेनटाइन कार्यालय रानीवन,मोरङ, लगायतका स्थानमा अवलोकन गराएको बताएको छ । अध्ययन भ्रमणमा उद्योग सञ्चालन प्रक्रिया देखी प्रविधिको प्रयोग र बजार व्यवस्थापन सम्बन्धी जानकारी उद्योगीहरूले लिएको घरेलु तथा साना उद्योग कार्यालय रामेछापका प्रमुख सुवोद्य कुमार साहाले बताए ।

प्रमुख साहाले भने – हामीले प्रविधि क्याम्पस हात्तीसार धरानमा त्यहाँका प्रोफेसर सँग बसेर मासु, खाधन्न,दूध जन्य पदार्थको उत्पादन व्यवस्थापन र बजारी करण कसरी गर्ने र उत्पादनमा प्रविधिको कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा जानकारी गराएका छौँ । जडीबुटी प्रशोधन केन्दमा उत्पादन र प्रविधिको प्रयोग गर्ने विषयमा जानकारी लिएका छौँ । जसको कारण जिल्लाका जडीबुटीको क्षेत्रमा काम गरेका उद्योगीहरूलाई सहज बनाएको छ । खाद्य सँग सम्बन्धी उद्योग सञ्चालन गरेका उद्योगीहरूको लागी एसियन फुड विराटनगरमा जानकारी दिएका छौँ । जहाँ खाद्य बस्तुको प्रविधिको प्रयोग कसरी गर्नै खाद्य बस्तु स्टोर कसरी गर्ने र प्याकेजिङ्ग लगायतका बारेमा सहभागीहरूले अध्ययन गर्नका साथै जानकारी लिएका छन् । दूध जन्य पर्दाथको व्यवसायिहरुलाई सूर्योदय मिल्क एन्ड वेभरेज इण्डष्ट्रिज प्रालि मोरङमा अध्ययन गराएका छौँ । दूध व्यवस्थापन र दूध जन्य बस्तुको उत्पादन र व्यवस्थापन लाई जसका कारण सहज हुने छ । हामीले जिल्लामा सञ्चालित डेरी सञ्चालक, जुनार जुस, खानेपानी उद्योग सञ्चालक, अचार व्यवसायी,जडीबुटी उद्योग व्यवसायिहरुलाई समेटेर अध्ययन भ्रमण गराएका छौँ जसका कारण केही फरक पन जिल्लामा देखिनेमा आफू विश्वस्त रहेको साहाले बताए ।

अध्ययन भ्रमणमा सहभागी उद्योग वाणिज्य सङ्घका विशिष्ट सदस्य जयप्रकाश श्रेष्ठले भ्रमण उपलब्धि मूलक रहेको बताएका छन् । रामेछाप जिल्लाको इतिहासमा पहिलो पटक उद्योगीहरूलाई समेटेर अध्ययन प्रमाण गराएकोमा खुसी व्यक्त गर्दै भ्रमण बाट उद्योगीहरूले धेरै नयाँ ज्ञान हासिल गरेको बताए । श्रेष्ठले भने यो भ्रमणले उद्योग व्यवसायीलाई धेरै फाइदा पुगेको छ । साना साना प्रविधिको प्रयोग गर्न नसक्दा उद्योगमा देखा परेका समस्या अब अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताए । श्रेष्ठले भने अन्य भ्रमण भन्दा यो भ्रमण फरक रह्यो जुन अध्ययन भ्रमण भयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...

रामेछापमा एसईईको नतिजा सार्वजनिक : ८१.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

रामेछापमा एसईईको नतिजा सार्वजनिक : ८१.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

मन्थली ।रामेछापको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ, रामेछापले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका ८९ सामुदायिक र ३ संस्थागत गरी कूल ९२ विद्यालयका विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए । सार्वजनिक गरिएको...