काँग्रेस लिखुतामाकोशी गाउँपालिको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

Written by meropradesh creator

२४ आश्विन २०८०, बुधबार

रामेछाप । नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाले दसैँ तिहार तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ  । नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिका कार्यसमितिले विजया दशमी शुभ दीपावली तथा छठ २०८०को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम धोबीमा गरेको हो ।
नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिका सभापति भोजराज खड्का ( सुन्दर)को अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले दसैँ तिहार लगायत छठ पर्वको शुभकामना दिँदै चाड पर्वलाई धेरै भड्किलो नबनाउन आम नागरिक हरूलाई आग्रह गरे । महतले चाड पर्व मनाउने नाममा धेरै खर्च गर्ने प्रचलन बढेको भन्दै चाड पर्वलाई भड्किलो नगरी आफ्नो क्षमता अनुसार मात्र गर्न आग्रह गरे ।
त्यस्तै कार्यक्रमका विशेष अतिथि एवं नेपाली काँग्रेस प्रदेश सभा (क) का सभापति निरोज खड्काले नेपाल मात्र नभएर  विश्व आर्थिक सङ्कट तर्फ अघि बढेको भन्दै चार्ड पर्वलाई भड्किलो बनाउने अरूको देखासिकी गर्ने भन्दा पनि सामान्य तरिकाले मनाउन आग्रह गरे ।
कार्यक्रममा गाउँपालिका उपप्रमुख दीपा पाख्रिन, नेकपा एमाले, नेकपा माओवादी, समाज पार्टी लगायत पार्टीका प्रमुख तथा प्रतिनिधि र नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने सहभागीहरूले शुभकामना दिँदै गाउँपालिकाको केन्द्र धोबी बजारलाई केन्द्र बिन्दु बनाएर राख्न पर्ने बताए । लिखुतामाकोशी गाउँपालिकाको पहिचान धोबी बजार भएको भन्दै धोबी बजारको पहिचान गुम्ने गरी गाउँपालिकाको भवन निर्माण गर्न नहुने भन्दै सबै दलका नेता कार्यकर्ताहरूले गाउँपालिकालाई आग्रह गरेका काँग्रेस सभापति भोजराज खड्का (सुन्दर) ले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २७० पुगेको छ । बिहीबार दिउँसो १ः३० बजेसम्म विभिन्न जिल्लामा बाढीका कारण मृत्यु भएका २७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८,...