उचित मूल्य नपाएपछि अलैची किसान मारमा

Written by meropradesh creator

१५ पुष २०७७, बुधबार

रामेछाप । रामेछापको उच्च लेकाली भुभागका किसानहरुले लगाएको अलैचीको उचित मूल्य नपाउँदा किसानहरु मारमा परेका छन् ।
परम्परागत रुपमा मकै, कोदो, गहुँ लगाएतका बालीहरुमा उत्पादनमा गिरावट आउन थालेपछि बैकल्पीक रुपमा अलैची खेती शुरु गरेका हुन् । अन्य बालीहरु भन्दा किसानहरु अलैची खेतीवाट सोचेभन्दा वढी आम्दानी हुने भएपछि सो खेती तर्फ लागेका थिए । किसानहरुले लगाएको उत्पादित अलैची खरिद गर्न व्यवसायीहरु घरघरमै आउने र भाउ पनि राम्रो आउने भएपछि एकपछि अर्को गर्दै धेरै किसानहरु अन्य परम्परागत खेतीहरु त्यागेर अलैची खेती व्यवसायीक तरीकाले लगाउन शुरुवात गरेका हुन् ।
विगत वर्षहरुमा प्रति केजी २ हजार ६ सय रुपैयाँसम्म गाउँमै विक्री वितरण गरेका किसानहरुले यसवर्ष प्रति केजी ५ सय रुपैयाँमा पनि विक्री नभएपछि अलैची घरघरमै थन्काएर बस्न बिवस छन् । उत्पादन अनुसार विक्री नै नभएपछि अलैची खेतीप्रति आर्कषित भएका किसानहरु मारमा परेका हुन् । विशेष गरि अलैची खेती रामेछापको उच्च भुभाग अन्तर्गत उमाकुण्ड गाउँपालिकाको गुम्देल,वाम्ती, कुभुकास्थली, प्रिती, भुजी, गुप्तेश्वर लगाएतका स्थानहरुमा वढी मात्रामा लगाइने गरिन्छ ।
गतवर्षको अनुपातमा यसवर्ष अलैची उत्पादन पनि कम भएको छ । गतवर्ष केही समय खडेरी परेर विरुवा सप्रन पाएपछि उत्पादन वढेको थियो भने यसवर्ष वढी मात्रामा जरा कुहिने र पात समेत खुईलिने रोग लागेपछि अलैची उत्पादनमा कमी आएको उमाकुण्ड गाउँपालिका वडा नं–३ कुभुकास्थलीका किसान बालकुमार कार्कीले वताए ।
उनले भने– विगत वर्षको भन्दा यसवर्ष उत्पादनमा धेरै कमी आयो । उत्पान घटेपनि अहिले अलैचीको मुल्य कौडीको भाउँमा विक्री गर्नुपर्ने अवस्था आएको छ । अलैची अहिले प्रतिकेजी ५ सय रुपैयाँमा पनि विक्री हुन छाडेपछि गाउँका धेरै किसानहरु मारमा परेका छन् । घरमा अहिले १० टन भन्दा वढी अलैची बिक्रि नभई त्यतीकै बाँकी रहेको दुःखेसो किसान कार्कीले गरे ।
रामेछापको उत्तरी क्षेत्रमा विशेष गरि ग्लोसाइ, रामशाही र चिवेशाही गरि तीन प्रजातीका अलैचीका विरुवाहरु लगाइने गरिन्छ । लेकाली भुभागमा वर्षातको समयमा वढी मात्रामा पानी पर्ने र हिउँदको समयमा वढी हिमपात सहित तुषारो पर्ने गरेकाले पनि अलैची खेती लगाउने किसानहरुको आम्दानी मौसम अनुसार घटवड हुने गरेको कुवुस्काथलीका अर्का किसान भरतकुमार वस्नेतले जानकारी दिए ।


शुरुशुरुमा अलैची उत्पादन गर्ने किसानहरुको घरघरमै वाहिर वाट खरिद गर्न आउने व्यवसायीहरु अहिले अलैचीको मुल्य घटेसँगै खरिद गर्न आउन छाडेका छन् । पहिला त गाउँघरमै प्रति केजी २ हजार ६ सय रुपैयाँसम्म पनि विक्री हुन्थ्यो । अलैची छ भन्ने थाहा पाएपछि धेरै व्यवसायीहरु आउँथे । तर यसवर्ष अलैची उत्पादन कमी हुँदा पनि गाउँमा विक्री वितरण ठप्प हुँदा अलैची किसानहरु थप मारमा परेको उमाकुण्ड गाउँपालिका वडा नं–२ वाम्तीका रोकट वस्नेतले जानकारी दिए ।
उनले भने– पहिला अलैचि खरिद गर्नको लागि झापा, विराटनगर, विरगंज र काठमाण्डौंका विभिन्न व्यवसायीहरु गाउँमै आउँथे । तर अहिले त्यस्तो छैन । गाउँकै केही व्यक्तिले गाउँका किसानहरुको घरघरमा पुगेर संकलन गर्ने गरेका छन् तर त्यो पनि विक्री हुन सकेको छैन ।
रामेछापको उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, दोरम्वा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकामा गरी करिव ५ सय भन्दा वढी किसानहरुले अलैची खेती गर्दै आएका छन् । किसानहरुले उत्पादन गरेको अलैची विक्रीको लागि केही व्यवसायीहरुसँग छलफल भइरहेको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरवहादुर सुनुवारले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...