एम्नेष्टी इन्टरनेशनलको अध्यक्षमा पुनः अधिकारी निर्वाचित

Written by meropradesh creator

१५ आश्विन २०८०, सोमबार

रामेछाप । एम्नेष्टी इन्टरनेशनल नेपाल समूह–१९ रामेछापको अध्यक्षमा अप्रिल अधिकारी पुनः सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार मन्थलीमा सम्पन्न एम्नेष्टी इन्टरनेशनल नेपाल समूह–१९ रामेछापको दसौँ साधारण सभा तथा पाँचौँ अधिवेशनले अधिकारीलाई पुनः अध्यक्षमा चयन गरेको हो । मानव अधिकारको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था एम्नेष्टी इन्टरनेशनल नेपालको उपाध्यक्षमा कुमार श्रेष्ठ, सचिवमा जानुकी श्रेष्ठ, सहसचिव घना श्रेष्ठ, कोषाध्यक्ष रामहरि केसी, सदस्यहरूमा पुष्कल घिमिरे, विष्णु थापा, युवराज श्रेष्ठ, नीरज श्रेष्ठ (सुमित), गीता कुमारी भुजेल, मिलन विकलाई चयन गरेको छ ।
दसौँ साधारण सभा तथा पाचौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश इन्दिरा शर्माले द्वन्द्वपीडितहरूको सत्य, न्याय र परिपूरणको सङ्घर्षमा एमनेस्टीका सदस्यहरूलाई अझ बढी सक्रियता बनाउन पर्ने बताउनु भयो । मानव अधिकारको क्षेत्रमा वकालत गर्ने गरी एम्नेष्टी इन्टरनेशनल स्थापना भएको अवगत गराउँदै संयुक्त राष्ट्रसङ्घ, युनेस्को, युरोपियन युनियन लगायतका देशहरूले एम्नेष्टीलाई सल्लाहकारको रूपमा समेत राखेको स्मरण गराउनु भयो ।
अब समूह–१९ रामेछापले सक्रिय रूपमा काम गर्ने र मानव अधिकारको क्षेत्रमा क्रियाशील भएर काम गर्नेमा आफू विश्वस्त रहेको बताउँदै कार्यकालको शुभकामना समेत व्यक्त गर्नु भयो । कार्यक्रममा रामेछाप उद्योग वाणिज्य सङ्घ रामेछापका अध्यक्ष नवीन थापा, पूर्व अध्यक्ष हिमाल ढुङ्गेल, डाक्टर सुमन कर्माचार्य,मन्थली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्द घिमिरे लगायतले एम्नेष्टी इन्टरनेशनलको बारेमा जानकारी गराएका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...