काँग्रेस नेतृ खड्का द्वारा बिद्यार्थीहरुलाई सहयोग

Written by meropradesh creator

१३ आश्विन २०८०, शनिबार

रामेछाप । नेपाली काँग्रेस रामेछापका नेतृ तथा महाधिवेशन प्रतिनिधि बिनिति खड्काले सुनापती गाउँपालिका वडा नम्बर ५ खनियापानीमा रहेको जलदेवी माध्यमिक विद्यालयका १ सय ३३ जना बिद्यार्थीहरुलाई टिसट सहित ट्र्याक सुट सेट सहयोग गरेकी छिन् । नेपाल तरुण दलका केन्द्रीय सदस्य समेत रहेकी खड्काले विगत वर्षमा जस्तै यस वर्ष पनि बिद्यार्थीहरुलाई ट्र्याक सुट वितरण गरेकी हुन् ।
शेर नन्द स्मृति कोष स्थापना गरी खड्काले जिल्लाका ५० भन्दा बढी विद्यालयका बिद्यार्थीहरुलाई यस अघि ट्र्याक सुट वितरण गरी सकेकी छिन् ।  साथै खड्काले जलदेवी माध्यमिक विद्यालय खनियपानीलाई जग्गा खरिद गर्न आर्थिक सहयोग गर्नका साथै विद्युतीय हाजिर मेसिन समेत उपलब्ध गराएकी छिन् । विभिन्न समयमा विद्यालयको लागी र शैक्षिक सुधारको लागी काम गरेको भन्दै खड्कालाई जलदेवी माध्यमिक विद्यालयले सम्मान पनि गरेको छ । खड्काले जलदेवी माध्यमिक विद्यालयलाई मात्र नभई जिल्लाको विभिन्न विद्यालयलाई सहयोग गरेको भन्दै अझै शैक्षिक सुधारको अभियानमा लाग्न समेत शिक्षक अभिभावकले आग्रह गरेको छ ।
काँग्रेस नेतृ खड्काले आफूले शैक्षिक सुधारका लागी विगत वर्ष देखी जिल्लाका विभिन्न स्थानमा रहेको विद्यालय र बिद्यार्थीहरुलाई सहयोग गर्दै आएकी छिन् । यस वर्ष पनि आर्थिक अभावका कारण अध्ययन गर्न समस्या भएका बिद्यार्थीहरुलाई सहयोग गर्ने बताएकी छिन् । मेरो प्रदेश सँग कुरा गर्दै नेतृ खड्काले भनिन् “ शैक्षिक क्षेत्र मेरो पहिला प्राथमिकतामा पर्छ । जे गर्छु पहिला शैक्षिक सुधारका लागी काम गर्छु ।  मैले कमाएको रकम बाट मैले विगत वर्षहरूमा पनि बिद्यार्थीहरुलाई सहयोग गरेको थिए । यस वर्ष पनि गछुृ मैले सकेको सहयोग । जब सम्म देशको शैक्षिक विकास हुँदैन तब सम्म देशको विकास सम्भव छैन । हामी पहिला शैक्षिक सुधार गरेर विद्यार्थीलाई नैतिकवान् बनाउन सकेको अवस्थामा मात्र देशको विकास सम्भव छ नत्र समस्या छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...