नेकपा एमाले वाग्मती प्रदेशको मतदान सुरु ः ढुङ्गेल र दाहाल बिच प्रतिस्पर्धा

Written by meropradesh creator

१२ आश्विन २०८०, शुक्रबार

 काठमाडौँ । नेकपा एमालेको जारी वाग्मती प्रदेशको अधिवेशनमा नेतृत्व चयनको लागि आज मतदान सुरु भएको छ । सहमतिको लामो कसरत पछि आज ढिला गरी मतदान सुरु भएको छ । नेतृत्व चयनको लागि केही बेर अघिबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा मतदान सुरु भएको हो । असोज ८ गते उद्घाटन भएको अधिवेशनको ९ गते नेतृत्व चयनको कार्यक्रम राखिएको भए पनि सहमतिको प्रयास लम्बिँदै जाँदा आज ढिला गरी मतदान भएको हो ।
वाग्मती प्रदेशको अध्यक्षका लागि केन्द्रीय सदस्य कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहाल प्रतिस्पर्धामा छन् । अध्यक्षका लागि निवर्तमान अध्यक्ष केशव पाण्डे, बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ र रामेछापका केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी दिएका थिए उनीहरूले भने सहमतिको लागि उम्मेदवारी फिर्ता लिएका छन् ।
उपाध्यक्षको एक पदका लागि ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला बिच प्रतिस्पर्धा हुने भएको छ भने सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डित बिच चुनाव हुने भएको छ । उपसचिव खुल्लामा ९ जना बिच प्रतिस्पर्धा हुने भएको छ भने महिलामा दुई जना बिच प्रतिस्पर्धा हुने भएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २७० पुगेको छ । बिहीबार दिउँसो १ः३० बजेसम्म विभिन्न जिल्लामा बाढीका कारण मृत्यु भएका २७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८,...