परम्परा संरक्षण गर्न राप्रपाले मात्र सक्छ ः सांसद तामाङ

Written by meropradesh creator

३१ भाद्र २०८०, आईतवार

रामेछाप  । परम्परा र रीतिरिवाज संरक्षण गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले मात्र सक्ने राप्रपा बागमती प्रदेशका सांसद एवं महिला सङ्गठनकी महासचिव कुमारी तामाङले बताइन् । राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन रामेछापले शनिवार मन्थलीमा आयोजना गरेको तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै रीतिरिवाज र परम्परा राप्रपा पार्टी बाहेक अन्य राजनीतिक पार्टीले संरक्षण गर्न नसक्ने बताएका छन् ।
हाम्रो नेपाली संस्कार संस्कृति र परम्परा हिन्दु धर्म सँग सम्बन्धित छ । जब हिन्दु राज्य कायम हुँदैन । सबै हामीले मनाउँदै आएको संस्कृति र परम्परा विलय हुँदै जाने छ तामाङले भनिन् । साथै उनले– हिन्दु धर्म र  तीजको महत्त्व माथि प्रकाश पार्दै महिला दिदी बहिनीहरू एकै मोर्चामा समाहित हुनु पर्नै धारणा पनि राख्नु राखेकी थिइन् । उनले  देशका सबै धर्मालम्बिहरुको रक्षार्थ पनि हिन्दु सहितको राज संस्था आवश्यकता रहेको पनि बताइन् । उक्त कार्यक्रम सङ्गठनकी अध्यक्ष शान्ता भुजेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा संविधान सभा सदस्य दाल कुमारी सुनुवार सङ्गठनकी उपाध्यक्ष सरस्वती श्रेष्ठले तीज विशेष कार्यक्रम गरेर सङ्गठनले महिलाहरूलाई आफ्नो धर्म रक्षाका साथै मनोरञ्जनका लागि पनि सहयोग पुगेको बताइन् ।
कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष रामचन्द्र कँडेल,नेपाल बार एसोसिएसनका अध्यक्ष पाण्डव प्रसाईँ लगायतका वक्ताहरूले पनि शुभकामना व्यक्त गरेका थिए  ।
हरितालिका तीजका अवसरमा सबै पक्षका महिलाहरूलाई केन्द्रीकृत र एकाकार बनाई तीजको महत्वमाथि साक्षात्कार गराई मनोरञ्जन गराउनुका साथै महिला दिदी बहिनीहरूमा हार्दिकता साट्ने मुख्य उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरेको थियो । महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रमका अवसरमा सहभागी महिलाहरूलाई दर खुवाउनुका साथै र नाचगान कार्यक्रम समेत गरिएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...