सहकारी प्रमुखहरूको मन्थलीमा बृहत् कार्यशाला गोष्ठी सम्पन्न

Written by meropradesh creator

१० भाद्र २०८०, आईतवार

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरूको बृहत् कार्यशाला गोष्ठी सम्पन्न भएको छ । जिल्ला सहकारी सङ्घको आयोजनामा जिल्ला भरिमा कार्यरत विभिन्न सहकारी संस्थाका व्यवस्थापन प्रमुख हरूका लागि एक दिने कार्यशाला गोष्ठी शनिवार समापन भएको छ ।
 सङ्घले सहकारी संस्थाहरूको व्यवस्थापन लाई कसरी  वैज्ञानिक र व्यवस्थित बनाउन सकिन्छ र त्यसमा व्यवस्थापक हरूको उत्कृष्ट भूमिकाका बारेमा जानकारी गराउन सकिन्छ भन्ने उद्देश्यले सञ्चालन गरेको कार्यशालामा विभिन्न सहकारी विज्ञहरूले सहभागीहरूलाई सहजीकरण गरेका थिए ।
विभिन्न ४ वटा सेसनमा सञ्चालन गरिएको उक्त कार्यशालामा केन्द्रीय सहकारी सङ्घका प्रमुख कार्यकारी अधिकृत डाक्टर शिवजी सापकोटाले सहकारीको वर्तमान चुनौतीका विषयमा सहजीकरण गरेका थिए । त्यसै गरी सहभागीहरूका लागि थप सहजीकरण नेपाल सहकारी सङ्घ बागमती प्रदेशका सिइओ केशव प्रसाद दाहाल,मिलीजुली कालिन्चोक साकोसका  सिइओ ईश्वर न्यौपाने सोही विषयमा जानकारी गराएका थिए ।
उक्त कार्यशालाको उद्घाटन राष्ट्रिय सहकारी महासङ्घ अध्यक्ष मीन राज कँडेलले गरेका थिए । सो अवसरमा कँडेलले जिल्ला सहकारी सङ्घको सक्रियताको तारिफ गर्दे कार्यशाला आम सहकारीहरूको कुशलता र क्रियाशीलताका लागि कोशेढुँगा साबित हुने बताए । कँडेलले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भने – सहकारी नीति विधि र पद्धतिका आधारमा नचल्ने सञ्चालकहरूलाई कुशल व्यवस्थापनले नै अनिवार्य रूपमा तह लाउन सक्नु पर्ने भएकोले पनि कार्यशालाले सार्थकता पाउने विश्वास छ ।
कार्यक्रमलाई सम्बोधन गर्दे केन्द्रीय सहकारी सङ्घका पूर्व अध्यक्ष एवं राष्ट्रिय सहकारी सङ्घका सञ्चालक डिवि बस्नेतले सबै सँगको समन्वयमा सञ्चालन भएको कार्यशाला रामेछापको कुशल सहकारी व्यवस्थापनका लागि महत्त्वपूर्ण हुने बताए । जिल्ला सहकारी सङ्घका अध्यक्ष हिमाल ढुङ्गेलको अध्यक्षतामा भएको कार्यशालामा मन्थली नगर प्रमुख लव श्रेष्ठ, जिल्ला बचत तथा  सहकारी संस्थाका अध्यक्ष जेएन दाहाल,  नेपाल पत्रकार महासङ्घका अध्यक्ष बद्री नयाँघरे लगायतका वक्ताहरूले कार्यशाला सफलताको  शुभकामना दिएका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

रामेछाप । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले उद्योग तथा वाणिज्य कार्यालयलाई नमुना कार्यालय घोषणा गर्नु मात्र पर्याप्त नभई त्यसअनुसार गुणस्तरीय, प्रभावकारी र निरन्तर सेवा प्रवाह गर्नु नै मुख्य चुनौती रहेको बताएकी छन्। उद्योग तथा...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...