वालमैत्री स्थानीय शासन लागु गर्न मन्थली नगरपालिकाले लक्ष्य अनुसार काम गर्न सकेन

Written by meropradesh creator

९ भाद्र २०८०, शनिबार

रामेछाप । बालमैत्री स्थानीय शासन लागु गर्न मन्थली नगरपालिकाले लक्ष्य अनुसार काम गर्न नसकेको सरोकार बालाहरूको भनाई छ । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले आफ्नो लक्ष्य अनुसार काम गर्न नसक्दा जिल्लाका अन्य पालिकामा कार्यान्वयन हुने कुरामा शङ्का उत्पन्न भएको छ ।  मन्थली नगर कार्यपालिकाको बैठकले २०७९ सालबाट विधिवत् रूपमा सुरु गरेको वालमैत्री स्थानीय शासनको कार्यान्वयनको सन्दर्भमा डाकिएको छलफलमा बहुसङ्ख्यक वडा अध्यक्षहरूले अनुपस्थिति देखाएका कारण नगर पालिकाले लक्ष्य अनुसार काम गर्न नसक्ने देखिएको हो  ।
नगर कार्यपालिकाको पूर्ण बैठकले गरेको निर्णयका आधारमा वालमैत्री स्थानीय शासन  २०८१ जेठ मसान्तसम्म १४ वटै वडा कार्यालय मार्फत घोषणा गर्ने अभियान अन्तर्गत शुक्रवार हाल सम्मको प्रगतिका बारेमा समीक्षा गर्न र  आवश्यक सूचकहरू प्राप्ति सँगै जिल्लाका सरोकारवाला निकायको भूमिकाका बारेमा छलफल गर्नका लागि नगर प्रमुख उप प्रमुख र वडा अध्यक्ष सहित सरोकारवालाको बैठक डाकिएको  थियो ।
घोषित मिति भित्र कार्यक्रम सफल पारेरै छोड्ने कार्य योजना बनाएर यात्रालाई तीव्र बनाएको मन्थली नगरको उक्त कार्यक्रमको सफलताका लागि वडा अध्यक्षहरू, राजनीतिक दल,सञ्चार माध्यम र गैर सरकारी संस्थाहरू,वाल समूह हरूका प्रतिनिधीहरुलाई पनि आमन्त्रण गरिएको थियो । तर उक्त कार्यक्रममा वडा नं १,४,६,९,१०,११,१२,१३ र १४ का समेत गरी ९ जना वडा अध्यक्ष सहभागी भएनन् । जबकि उक्त कार्यक्रममा वडा अध्यक्ष अनिवार्य सहभागी भएर आफ्नो वडाको हाल सम्मको अवस्था र भावी कार्यदिशाको बारेमा छलफल गर्नु पर्ने कानुनी प्रावधान रहेको छ ।
        वडा अध्यक्ष सँगै आन्तरिक बैठकको कारण देखाउँदै उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृत पनि दिन भर कार्यक्रममा सहभागी थिएनन् । उनीहरू कार्यक्रम समापन सत्रमा मात्र सहभागी हुन पुगेका थिए । त्यस बाहेक नेकपा एमालेका प्रतिनिधि बाहेक अन्य कुनै राजनीतिक दलका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी थिएनन् । कार्यक्रममा नगर प्रमुख वडा नं २,३,५,७,८का  वडा अध्यक्षहरू र शाखाका कर्मचारी मात्र  सहभागी थिए । त्यस बाहेक सञ्चारकर्मी र गैर सरकारी संस्थाका प्रतिनिधिहरूले भने कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए ।
  नगर विकासको मुख्य कडीको रूपमा परिभाषित यस खालको कार्यक्रममा जिम्मेवार वडा अध्यक्ष,उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृत र जिम्मेवार राजनीतिक दल समेत सहभागी नहुनुलाई सरोकारवालाहरूले गैर जिम्मेवारीपनको पराकाष्ठा भनेका छन् । कार्यक्रममा सहभागी वडा नं २ र ८का वडा अध्यक्षले कार्यक्रम स्थलमै यसलाई चरम गैर जिम्मेवारी पन भनेका छन् । उनीहरूले यो कार्यक्रम लक्षित मितिमा गर्न नसके हुन सक्ने क्षतिको जिम्मा कसले लिन्छ भन्दै गम्भीर हुन पनि सरोकार पक्षलाई आग्रह गरे ।
बालमैत्री स्थानीय शासन व्यवस्था लागु गर्नका लागि पूरा गर्नुपर्ने विभिन्न ५१ वटा सूचक प्राप्तिका लागि नगरपालिका लागि परेको छ । यही अभियान अन्तरगत शुक्रवार बालमैत्री स्थानीय शासनयुक्त वडा, नगरपालिका घोषणा तथा दिगोपनामा सञ्चारकर्मी तथा सङ्घ संस्थाहरूको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगरपालिका महिला, बालबालिका तथा सामाजिक परिचालन शाखाकी महिला विकाश निरीक्षक एवं बालमैत्री स्थानीय शासन फोकल पर्सन भगवती तामाङले नगरमा बालमैत्री स्थानीय शासन लागु गर्नका लागि अहिलेसम्म भएका कामका बारेमा जानकारी गराएकी थिइन ।
उनले नगरमा वालमैत्री स्थानीय शासन लागु गर्न १४ वटा वडामा दुई सय बाल समूह र १५ वटा बाल समूह सञ्जाल गठन भएको बताएकी छिन् । अहिलेसम्म बाल समूह र बाल समूह सञ्जालमा एक हजार ८१४ बालक र दुई हजार १५५ बालिका गरी तीन हजार ९४९ जना बालबालिका आबद्ध भएको जानकारी पनि दिइन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

रामेछाप । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले उद्योग तथा वाणिज्य कार्यालयलाई नमुना कार्यालय घोषणा गर्नु मात्र पर्याप्त नभई त्यसअनुसार गुणस्तरीय, प्रभावकारी र निरन्तर सेवा प्रवाह गर्नु नै मुख्य चुनौती रहेको बताएकी छन्। उद्योग तथा...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...