सदरमुकाम मन्थलीका विद्यालय बन्द

Written by meropradesh creator

३० श्रावण २०८०, मंगलवार

रामेछाप । जिल्लामा रहेका ५ वटा विद्यालयहरू बन्द भएका छन् । आँखा पाक्ने रोगले सङ्क्रमणको रूप लिन थाले सँगै जिल्लामा रहेका ५ विद्यालयहरू बन्द भएका हुन् ।  गाउँघरका विद्यालयमा पनि आँखाका रोगीहरू अत्यधिक रूपमा बढेपछि  विद्यालयले सूचना जारी गर्दै विद्यालय बन्द गरेका छन् ।
जिल्लामा सबै भन्दा धेरै विद्यार्थी सङ्ख्या समेत रहेको सदरमुकाम मन्थलीको मन्थली माविले एक साताका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको  छ ।  त्यसै गरी सदरमुकाम मन्थलीमा रहेका ३ वटा निजी विद्यालयले पनि आँखाको सङ्क्रमणकै कारण तीन दिन बिदा दिने निर्णय गरेका छन् । सदरमुकाम मन्थलीमा सञ्चालित डिलिट स्टार इङ्ग्लिस स्कुल, तामाकोसी इङ्ग्लिस बोर्डिङ स्कुल, कर्कलादेवी इङ्ग्लिस बोर्डिङ स्कुलले सोमबारदेखि बुधवारसम्म तीन दिन पठन पाठन बन्द गर्ने भएको हो ।
 प्राप्त सूचना अनुसार २९ गते सोमबारदेखि आगामी बुधवार सम्म तीन वटै निजी विद्यालय बन्द हुने भएकोले अविभाबक हरलाई सचेत पूर्वक नानी बाबुहरूको ख्याल गर्न पनि ती विद्यालयले भनेका  छन् । तामाकोसी आवासीय बोर्डिङ स्कुलमा अध्ययन गर्ने १ हजार १ सय विद्यार्थीमध्ये २ सय ५० जनाभन्दा धेरै बिरामी परेका छन् । केही दिनयता मन्थली र आसपासका क्षेत्रमा आँखा पाक्ने रोगको सङ्क्रमण तीव्र रूपमा फैलिएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र रामेछापका अनुसार आँखा पाक्ने रोग लिएर केन्द्रमा दैनिक करिब १ सय जना बिरामीहरू आउन थालेका छन् । जबकि यसअघि दैनिक २० को हाराहारीमा मात्र आँखाका बिरामीहरू आउने गरेका थिए ।
आँखा पाक्ने रोगले जिल्ला अस्पताल, तामाकोसी अस्पताल, रामेछाप सामुदायिक आँखा अस्पताल र मन्थली अस्पतालमा बिरामी आउने क्रम बढेको छ । जिल्लामा रहेका चस्मा पसलमा पनि भिडभाड देखिन थालेको छ । सङ्क्रमण पूर्ण रूपमा निको हुन अरू एक साता लाग्ने अनुमान चिकित्सक हरूले गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

रामेछाप । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले उद्योग तथा वाणिज्य कार्यालयलाई नमुना कार्यालय घोषणा गर्नु मात्र पर्याप्त नभई त्यसअनुसार गुणस्तरीय, प्रभावकारी र निरन्तर सेवा प्रवाह गर्नु नै मुख्य चुनौती रहेको बताएकी छन्। उद्योग तथा...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...