बीमा प्रति किसान आकर्षित–सबै पशुको बीमा गर्न माग

Written by meropradesh creator

१४ पुष २०७७, मंगलवार

रामेछाप । रामेछाप नगरपालिकाले किसानहरुलाई कृषि पेशातर्फ उन्मुख गर्न एकघर एक पशु विमा कार्यक्रमको अभियान शुरुवात गरेको छ ।
रामेछाप नगरपालिकाले गएको आर्थिक वर्ष २०७६÷७७ बाट पालिका भित्रका वडा नं ७, ८ र ९ गरि तीनवटा वडाका किसानहरुले पालेका पशुको निःशुल्क रुपमा विमा कार्यक्रम अघि वढाएको हो । गएको आर्थिक वर्षवाट शुरु गरेको यो अभियान पालिकाले ९ वटै वडामा पुर्याउने गरि काम अघि वढाएको छ । पशु विमा गर्न रामेछापका एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेड र प्रिमियर इन्सुरेन्स कम्पनीलाई जिम्मा दिएको छ । किसानले पालेका पशुको निःशुल्क रुपमा विमा कार्यक्रम गरिदिएपछि किसानहरु आकर्षित भएको रामेछाप नगरपालिका वडा नं–७ सुकाजोरका किसान पूर्णवहादुर खत्रीले जानकारी दिए ।
उनले भने– नगरपालिकाले शुरु गरेको यो अभियान किसानको लागि एकदमै राम्रो छ । तर एकघर एक पशु मात्रै विमा गर्ने काम भयो । यसलाई बढाएर किसानले पालेका सबै पशुको विमा गरिदिए किसानहरुलाई थप सहज हुने थियो । पालिकाले सबै पशुको विमा गर्न सकेन भने बरु किसानहरुले कति प्रतिशत रकम ब्यहोर्नुपर्ने हो त्यो गर्न आफुहरु तयार रहेको खत्रीले जानकारी दिए ।


किसानहरुले पालेको पशुको विमा गराउन थोरै रकम लाग्ने र पछि किसानको पशु विभिन्न रोग लागेर मरेमा विमा गरेको रकम सहजै भुक्तानी लिन सक्ने भएकाले पनि किसानहरुले आफुले पालेको सवै पशुको विमा गराउन सके झनै फाइदा पुग्ने एनएलजी इन्सुरेन्स रामेछापका प्रमुख मोहन धमालाले जानकारी दिए ।
उनले भने– रामेछाप नगरपालिकाका केही वडाका किसानहरुको पशु विमा हामीले गराएपछि केही पशुहरु विरामी परेर मरे । मरेका केही पशुहरुको विमा रकम बापतको रकम समेत हामीले सम्वन्धित पालिकाको रोहवरमा किसानलाई हस्तान्तरण गरेका छौं । यसवाट पनि अन्य किसानहरुलाई आफुले पालेको पशुको विमा गराउनु पर्ने रहेछ भन्ने अनुभुती बढेको छ प्रमुख धमालाले बताए ।
रामेछाप नगरपालिकाले भने आगामी वर्षवाट किसानले पालेका सवै पशुहरुको बिमा गराउने गरि योजना अघि वढाउने जनाएको छ । पालिकाले पहिलो चरणमा परिक्षणको क्रममा गरेको यो कार्यक्रम प्रभावकारी भएको भन्दै आगामी वर्ष यसलाई थप निरन्तरता दिदै अघि बढाउने र आवश्यक वजेटको समेत व्यवस्थापन गर्ने रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोपमा नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई विधान विपरीत कार्य गरेको भन्दै जवाफ मागेको हो । यसअघि चैत १४ मा...

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित भएको मन्थली नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता वैशाख ४ गते देखि सञ्चालन हुने भएको छ । मन्थली नगर खेलकुद विकास समितिका अनुसार मन्थली माविको खेल मैदानमा हुने यस प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । विगतमा तीन दिनसम्म चल्ने...

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

जिल्ला प्रशासन कार्यालय रामेछापले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले माघदेखि चैत्र मसान्तसम्म सम्पादन गरेका प्रमुख कार्यहरूको विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो । प्रशासकीय अधिकृत चुडामणि अर्यालका अनुसार...