संसद् विघटनको बिरोधमा काँग्रेस रामेछापले निकाल्यो अर्धनग्न जुलुस

Written by meropradesh creator

१३ पुष २०७७, सोमबार

रामेछाप । नेपाली काँगे्रस जिल्ला कार्य समिति रामेछापले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै त्यसको विरोधमा सोमवार अर्धनग्न जुलुस निकालेको छ ।
मन्थलीको बिपी चोकबाट व्यानर सहित निस्किएको जुलुसमा सहभागी कार्यकर्ताहरुको टाउँकोमा कालो रुमाल बाधेका थिए भने छात्तीमा नेपाली काँग्रेस जिन्दावाद, केपीवली मुर्दावाद, संसद विघटन खारेज गर लगाएतका विभिन्न नारा सहित मन्थली वजार परिक्रममा गरि स्थानिय देवकोटा चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै नेपाली काँग्रेसका पूर्वसभापति रामचन्द्र खड्काले २००७ सालवाट पुस १ गतेलाई कालोदिवसको रुपमा मनाउँदै आएको काँग्रेसले २०७७ सालवाट पुस ५ गतेलाई कालो दिवसको रुपमा मनाउन लागेको जानकारी दिए । उनले भने– अहिलेको नेकपाका प्रधानमन्त्री केपी वलीलाई संविधान विघटन गर्ने अधिकार संविधानले दिएको छैन् । संविधानमै नभएको बिषय उठाएर संविधान विघठन गर्नु गैर जिम्वेवार काम भएको नेता खड्काले बताए ।
त्यसैगरी सोही विरोध कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रामेछापका जिल्ला सभापति लवश्री न्यौपानले जबजब देशमा संकट आउँछ त्यो समयमा काँग्रेस जुरुक्कै उठेर नेपाली जनता, नेपालको संविधान र सिङ्गो संविधानको संरक्षण गर्ने गरेको जानकारी दिए । उनले भने– नेपालको इतिहास हेर्नुस ७ साल, ३६ साल, ४६ र ४७ साल र ६२ र ६३ सालको जनआन्दोलन र संविधान निमार्ण गर्ने काम काँग्रेसले गरेकाले संविधानको संरक्षण पनि काँग्रेसले मात्रै गर्न सक्ने सभापति न्यौपानले बताए ।
संसद विघटनको विरोध कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका पदाधिकारी, महासमितिका सदस्यहरु, महाधिवेशनका प्रतिनिधिहरु, विभिन्न भातृ संघसंगठनका नेता तथा कार्यकर्ताहरु लगाएत ठूलो संख्यामा उपस्थिती रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्। कार्यकाल बाँकी छँदै अध्यक्ष बस्यालले विशेष कारण देखाउँदै र सिइओ चापागाईंले पनि सँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर...

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्ने गिरोह प्रहरीको नियन्त्रणमा

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्ने गिरोह प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न स्थानमा महिलाहरूको सुनको सिक्री लुट्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोट ककनीका सविन तामाङ, विमल तामाङ र सुजन तामाङसहित नुवाकोट विदुरका सतिस अमात्य र सोलुखुम्बुकी रितिका माझी रहेका छन्। गत...

बँदेलको आक्रमणबाट लालबन्दीमा एकको मृत्यु

बँदेलको आक्रमणबाट लालबन्दीमा एकको मृत्यु

सर्लाहीको लालबन्दीमा जङ्गली बँदेलको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१५ पिडखोल्सा बस्ने ३२ वर्षीय प्रेमबहादुर थिङ (दावा) को बँदेलको आक्रमणबाट ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार खेतमा...