काँग्रेसले रामेछापका लागी केन्द्रीय प्रतिनिधि तोक्यो यादव

Written by meropradesh creator

१७ श्रावण २०८०, बुधबार

 रामेछाप । नेपाली काँग्रेसले पार्टी सङ्गठन सुदृढीकरणका लागि रामेछापमा डा. चन्द्र मोहन यादवलाई केन्द्रीय प्रतिनिधि तोकेको छ । काँग्रेस केन्द्रीय समितिले रामेछाप लगायत ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ हो केही जिल्लामा केन्द्रीय सदस्यहरू र केहीमा पूर्व केन्द्रीय सदस्यलाई तोकेको छ । केन्द्रीय सदस्य तर सांसद पनि भएकालाई भने जिम्मेवारी दिइएको छैन ।
प्रतिनिधिहरू पहिलो चरणमा २० देखि ३० साउन सम्म आन्तरिक पार्टी सङ्गठन सुदृढीकरणका लागि परिचालित हुने छन् । दोस्रो चरण भदौ १० देखि २४ गतेसम्म तोकिएको छ ।
पहिलो चरणमा जिल्ला जाने केन्द्रीय सदस्यहरूले पूर्ण रूपमा पार्टीको आन्तरिक संरचनाका लागि कार्य गर्नेछन् । अपूर्ण रहेको कार्यसमिति छ भने पूर्णता दिने, नियमित बैठक बस्न लगाउने, रिपोर्टिङ लिने, सम्मेलन भएको छैन भने मिति तोक्न लगाउने, सम्मेलन भएको रहेछ भने रिपोर्ट दिन लगाउने, आन्तरिक विवाद समाधान गर्ने, नयाँ क्रियाशील सदस्यता वितरण, नवीकरण लगायतका काम पहिलो चरणमा हुने महामन्त्री गगन थापाले जानकारी दिए ।
यसअघि काँग्रेस केन्द्रीय समिति बैठकले प्रत्येक गाउँ वा नगर समितिले ‘सेवा दल’ बनाउने निर्णय गरेको थियो । सेवा दल गठनको प्रक्रिया सुरु गराउन केन्द्रीय सदस्यहरूले सहजीकरण गर्नेछन् ।
भदौ १० देखि २४ गतेसम्म तोकिएको दोस्रो चरणको अभियानमा नागरिकसँग जोडिएर केन्द्रीय सदस्यहरूले गतिविधि गर्नुपर्ने हुन्छ । दोस्रो चरणलाई नेपाली काँग्रेसले समुदायमा आधारित ‘राष्ट्रव्यापी अभियान’ भनेको छ । ‘दोस्रो चरणमा केन्द्रीय सदस्य समुदायमा जाने नागरिकसँग प्रत्यक्ष कुराकानी गर्ने र उनीहरूको कुरा सुन्ने काम हुन्छ,’ महामन्त्री थापाले भने ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...