जिल्ला अस्पतालको अब आफ्नै शव वाहन

Written by meropradesh creator

१५ श्रावण २०८०, सोमबार

रामेछाप । जिल्ला अस्पताल रामेछापलाई बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले शव वाहन हस्तान्तरण गरेको छ । जिल्ला अस्पतालमा शव वाहन नहुँदा जिल्लाका नागरिकले समस्या झेल्दै आएका थिए । बागमती प्रदेश सरकारले शव वाहन प्राप्त गरे सँगै समस्याको अन्त्य हुने छ ।
शव वाहन बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले सोमवार जिल्ला अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनलाई हस्तान्तरण गरिसकेको छ । शव वाहन बुधवारसम्म अस्पतालमा आइपुग्ने जिल्ला अस्पताल रामेछापले जानकारी दिएको छ ।
जिल्ला अस्पतालमा शव वाहन नहुँदा शव बोक्नु पर्ने समस्या हुँदै आएको थियो । शव वाहन कै अभावमा भवितव्यमा ज्यान गुमाएका मानिसको शव अस्पतालबाट गन्तव्यमा पु¥याउन सर्वसाधारणले समस्या व्यहोर्दै आएका थिए ।
जिल्लाको विभिन्न ठाउँबाट शव पोस्टमार्टम गर्न अस्पतालसम्म ल्याउन र अस्पतालबाट शव दाहसंस्कारका लागि लैजानसमेत समस्या थियो । डेढ वर्षको प्रयासबाट जिल्ला अस्पताल रामेछापले शव वाहन प्राप्त गरेको अस्पताल विकास समितिका अध्यक्ष पाख्रिनले बताए । जिल्ला अस्पतालमा शव वाहन नहुँदा विभिन्न समस्या भोग्नु परेको भन्दै अब त्यो समस्या हटेको बताए ।
सोमवार प्रदेश मन्त्रालयले जिल्ला अस्पताललाई हस्तान्तरण गरेको शव वाहन मङ्गलवार यातायात कार्यालयमा दर्ता प्रक्रिया पूरा गरी बुधवार जिल्ला अस्पतालमा आइपुग्ने अध्यक्ष पाख्रिनले जानकारी दिए । प्रदेश सरकारबाट प्राप्त शव वाहन सञ्चालनको लागि जिल्लाका सबै स्थानीय तहहरूसँग समन्वय गरेर अघि बढ्ने पाख्रिनको भनाइ छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

रामेछाप । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले उद्योग तथा वाणिज्य कार्यालयलाई नमुना कार्यालय घोषणा गर्नु मात्र पर्याप्त नभई त्यसअनुसार गुणस्तरीय, प्रभावकारी र निरन्तर सेवा प्रवाह गर्नु नै मुख्य चुनौती रहेको बताएकी छन्। उद्योग तथा...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...