नेभ्ला रामेछापको ज्ञापन पत्र

Written by meropradesh creator

१५ श्रावण २०८०, सोमबार

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापमा नेपाल पारा भेटेरिनरी एन्ड लाइभष्टक एसोसिएसन (नेभ्ला)ले जिल्ला प्रशासन कार्यालय रामेछापमा ज्ञापन पत्र बुझाएको छ । लम्की स्किन डिजिजको प्रकोपमा सङ्घीय सरकारले खासै ध्यान नदिएको भन्दै नेभ्लाले रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौला  मार्फत प्रधान मन्त्री तथा मन्त्री परिषद् कार्यालयलाई  ज्ञापन पत्र बुझाएको हो ।
बागमती प्रदेश कमिटीको निर्देशनमा नेभ्ला रामेछापले सोमबार लम्की स्किन डिजिजको रोकथाम र नियन्त्रणका लागि ६ बुँदै ज्ञापन पत्र बागमती प्रदेशका संयोजक मुकुन्द खड्का र जिल्ला अध्यक्ष रोहिणी राज जैसीले प्रमुख जिल्ला अधिकारी निरौला मार्फत प्रधान मन्त्री तथा मन्त्री परिषद् कार्यालयलाई  ज्ञापन पत्र बुझाएको हो ।
देशभर फैलिएको लम्की स्किन रोगका कारण गाई भैसि मरेर कृषकहरू लाई समस्या परेको भन्दै सरकारलाई उपचारका लागि गम्भीर बन्न बन्न आग्रह गर्दे नेभ्ला रामेछापले सोमबार ज्ञापन पत्र बुझाएको नेभ्लाले उल्लेख गरेको छ ।
 लामो समय देखि फैलिएको उक्त रोगका कारण सोमबार सम्म रामेछाप जिल्ला भरिमा ३ सय २८ र मन्थली नगरमा मात्र करिब ४० वटा गाई भैसि मरिसकेका छन् । रोग लागेपछि बिरामी भई गाई भैसि मर्ने र बचेकाले पनि दूध नदिने हुँदा त्यसबाट कृषकहरूलाई करौडौको क्षति पुगेको ज्ञापन पत्रमा उल्लेख गरेको छ । रोगले भयावह रूप लिएपछि सरकारले सबै स्थानीय तहका लागि थप १ लाखको दरले सहयोग उपलब्ध गराएको थियो । सयौँको सङ्ख्यामा गाई बस्तुमा रोग फैलँदा समेत सरकारले खासै चासो नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराउन सङ्गठन बाध्य भएको र देश व्यापी रूपमा सबै प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाएको नेभ्ला बागमती प्रदेशका अध्यक्ष मुकुन्द कुमार खड्काले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोपमा नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई विधान विपरीत कार्य गरेको भन्दै जवाफ मागेको हो । यसअघि चैत १४ मा...

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित भएको मन्थली नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता वैशाख ४ गते देखि सञ्चालन हुने भएको छ । मन्थली नगर खेलकुद विकास समितिका अनुसार मन्थली माविको खेल मैदानमा हुने यस प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । विगतमा तीन दिनसम्म चल्ने...

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

जिल्ला प्रशासन कार्यालय रामेछापले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले माघदेखि चैत्र मसान्तसम्म सम्पादन गरेका प्रमुख कार्यहरूको विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो । प्रशासकीय अधिकृत चुडामणि अर्यालका अनुसार...