मन्थलीमा निर्माणाधीन चिस्यान केन्द्रको निर्माण कार्य सम्पन्न ः सञ्चालनको विषय भने अन्योलमा

Written by meropradesh creator

१२ श्रावण २०८०, शुक्रबार

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा निर्माणाधीन चिस्यान केन्द्रको निर्माण कार्य सम्पन्न भएको छ । तरकारी तथा फलफूल चिस्यान केन्द्र लामो समयपछि निर्माण कार्य सम्पन्न भएको छ । तरकारी तथा फलफूल चिस्यान केन्द्र सञ्चालनको लागी भने सम्बन्धित निकाय अझै अन्योलमा रहेको छ ।
चिस्यान केन्द्र सञ्चालन विधि स्पष्ट नहुँदा सञ्चालन भने तत्काल हुने अवस्था देखिएको छैन । बागमती सरकारको पाँच करोड र मन्थली नगरपालिकाको दुई करोड दश लाख रुपियाँको साझेदारीमा इजि इन्फा प्रालि काठमाण्डौले निर्माण कार्य सम्पन्न भएको बताएको छ । करोडौँ रुपियाँको लगानीमा निर्माण भएको चिस्यान केन्द्रको व्यवस्थापनका लागि सामान्य घेरा बार समेत नहुँदा सञ्चालन भने तत्कालै हुने अवस्था भने देखीदैन् । चिस्यान केन्द्र घेरा बार बिना सञ्चालन गरेको अवस्थामा अप्रिय घटना घट्न सक्ने भन्दै घेरा वार गरेर मात्र सञ्चालनमा ल्याउन पर्ने स्थानीय नागरिकको भनाई छ ।
निर्माण कार्य सम्पन्न भएपनी निर्माण कम्पनीले बागमती प्रदेश सरकारलाई हस्तान्तरण भने गर्न सकेको छैन । निर्माण कम्पनीले भने आफूहरूले निर्माण कार्य सम्पन्न गरिसकेको बागमती प्रदेश सरकार र स्थानीय तहलाई जानकारी गराएको बताएको छ । निर्माण व्यवसायी उत्तम पौडेलले निर्माण कार्य सम्पन्न भएको बताए । निर्माण व्यवसायी पौडेलले भने– निर्माण व्यवसायीको कारण हस्तान्तरण नभएको हैन । हामीले निर्माण सम्पन्न गरिसकेका छौँ । आज भने आजै हामी हस्तान्तरण गर्न तयार छौँ । घेरा वार गर्ने बिद्युत् जडान गर्ने लगाएको कार्य आफूहरूको जिम्मेवारी भित्र छैन । बिधुत जडान मन्थली नगरपालिकाले गरिसकेको छ । अब छिटै हामी हस्तान्तरण गछौं हामी बाट कुनै समस्या छैन ।
 अनुगमनको क्रममा निर्माण कार्य सम्पन्न भएको देखिएकोले छिटै चिस्यान केन्द्र अब  छिटै सञ्चालनमा आउने बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका महाशाखा प्रमुख झलकनाथ कडेंलेल बताए ।  निर्माण कार्य सम्पन्न भई सकेकोले तत्काल सञ्चालन विधि अनुसार मन्थली नगरपालिकालाई चिस्यान केन्द्र हस्तान्तरण गर्ने बताए । अन्य वाकीँ काम नगरपालिकाले गर्ने कंडेलको भनाई छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...

रामेछापमा एसईईको नतिजा सार्वजनिक : ८१.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

रामेछापमा एसईईको नतिजा सार्वजनिक : ८१.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

मन्थली ।रामेछापको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ, रामेछापले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका ८९ सामुदायिक र ३ संस्थागत गरी कूल ९२ विद्यालयका विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए । सार्वजनिक गरिएको...