रामेछाप काँग्रेसको विवाद ः छुट्टा छुट्टै बृक्षरोपन कार्यक्रम 

Written by meropradesh creator

७ श्रावण २०८०, आईतवार

रामेछाप । नेपाली काँग्रेस रामेछापको विवाद तल्लो तह सम्म पुगेको छ । केही समय अघि सम्म जिल्लाका नेताहरूमा मात्र देखिएको विवाद बढ्दै कार्यकर्ता तह सम्म विभाजन हुँदै गएको छ ।
४१ औँ वि पी स्मृति दिवसको अवसरमा काँग्रेसका दुई समूहले छुट्टा छुट्टै कार्यक्रम गरेको छ । जिल्ला सभापति पूर्णबहादुर तामाङ कान्छारामको नेतृत्वमा रामेछाप नगरपालिका वडा नम्बर ८ बाविया खर्कमा बृक्षरोपन गरियो भने पूर्व पार्टी सभापति रामचन्द्र खड्काको नेतृत्वमा सुनापती गाउँपालिका वडा नम्बर १ गुन्सीमा बृक्षरोपन कार्यक्रम गरियो । वि पी को स्मृति दिवसमा बिपीको सिद्धान्त र बिचारको कुरा भन्दा दुवै समूहले एक अर्कालाई विरोध गर्ने र गाली गर्ने काममा ४१ औँ वि पी स्मृति दिवस सम्पन्न गरे  ।
पार्टी सभापति कान्छारामको नेतृत्वमा भएको कार्यक्रममा खड्का नेतृत्वको समूहले पार्टीको नीति र विधि भन्दा बाहिर आफू मनलाग्दी कार्य गरेको भन्दै खड्का समूहको चर्को आलोचना गरे ।
 यता पूर्व पार्टी सभापति रामचन्द्र खड्का नेतृत्वको समूहले पार्टी सभापतिले निर्वाचन जिते सँगै दाइजोमा पार्टी पाएको जसरी एकलौटी निर्णय गर्दै हिँडेको बताए । सभापतिले एकल कम्पनी जसरी पार्टीको नीति विधि विपरीत पार्टी सञ्चालन गरेको भन्दै खड्का पक्षले त्यसको विरोध गरेका छन् । पार्टी सभापति मात्र पार्टी हुन नसक्ने भन्दै पार्टीको विधि विधान अनुसार सबै सँग समन्वय गर्दै अघि बढ्न पर्ने खड्का समूहका नेताहरूले बताउँदै आएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

नमुना कार्यालय घोषणा मात्र होइन, गुणस्तरीय सेवा नै चुनौती’ – मन्त्री विन्दु श्रेष्ठ

रामेछाप । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले उद्योग तथा वाणिज्य कार्यालयलाई नमुना कार्यालय घोषणा गर्नु मात्र पर्याप्त नभई त्यसअनुसार गुणस्तरीय, प्रभावकारी र निरन्तर सेवा प्रवाह गर्नु नै मुख्य चुनौती रहेको बताएकी छन्। उद्योग तथा...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...