दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण निधन भएको छ । गाउँपालिका उपाध्यक्ष तामाङको उपचारको क्रममा आइतबार सहिद गङ्गालाल हृदय रोग केन्द्र बाँसबारीमा निधन भएको हो । उनलाई तीन दिन अघि स्वास्थ्यमा समस्या आएपछि काठमाण्डौंको सहिद गङ्गालाल हृदय रोग केन्द्र बाँसबारी उपचारको लागी लगिएको थियो ।
नेपाली काँग्रेसको गौरीशङ्कर गाउँपालिकाको सभापति समेत रहेका तामाङ ०७९ को स्थानीय निर्वाचनमा काँग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
गौरीशङ्कर गाउँपालिका– ६ चङ्खु स्थायी घर भएका तामाङको आज निधन भएको हो । तामाङ एक्कासि पेट दुख्ने र पखाला लाग्ने समस्या भएपछि तीन दिनअघि भक्तपुरको मध्यपुर थिमि अस्पतालमा भर्ना भएका थिए । मुटुको समस्या देखिएपछि मध्यपुर अस्पतालले उनलाई गङ्गालाल रिफर गरेको थियो ।