सार्वजनिक सुनुवाइ बहुमत वडा अध्यक्ष अनुपस्थित 

Written by meropradesh creator

२९ असार २०८०, शुक्रबार

 रामेछाप । मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा अध्यक्षहरू अनुपस्थित भएका छन् । नगरपालिका एकलौटी ढङ्गबाट चलेको भन्दै ‘बहुमत’ वडा अध्यक्षहरूले अघोषित रूपमा नगरको सार्वजनिक सुनुवाइ कार्यक्रम बहिस्कार गरेका छन् । शुक्रवार नगरको आर्थिक वर्ष २०७९÷०८० को असार २८ सम्मको प्रगति विवरण सार्वजनिक गर्न आयोजना गरेको सार्वजनिक सुनुवाइमा बहुमत वडा अध्यक्षहरूले अनुपस्थित जनाउँदै अघोषित बहिस्कार गरेका हुन् ।
नगरको सभा हलमा शुक्रवार बिहान ११ बजेदेखि सार्वजनिक सुनुवाइ हुने भनी स्थानीय रेडियो सहित नगरको फेसबुक पेज, लगायतका विद्युतीय सञ्चार माध्यमबाट सार्वजनिक सूचना सार्वजनिक गरेको थियो । तर वडा अध्यक्ष हरू उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी नभए सँगै अन्य नागरिक समेत सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भएनन् ।
यसै पनि वडा अध्यक्षहरूलाई नगरको सार्वजनिक सुनुवाइ हुने बारे जानकारी नहुने कुरै भएन । तर, वडा नं १३ का वडा वडा अध्यक्ष नवराज थापा मगर बाहेक ९ जना वडा अध्यक्षहरू बैठकमै अनुपस्थित हुँदै सार्वजनिक सुनुवाइ अघोषित रूपमा बहिस्कार गरेका हुन् ।
नगर भित्रका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि (कर्मचारीको) मात्रै उपस्थिति देखिएको सो सार्वजनिक सुनुवाइमा वडा नं ३, ८,९ र १४ वडा अध्यक्ष बाहेक १० वटा वडाका अध्यक्षहरू अनुपस्थित भए । नागरिक एवं सरोकारवालाहरूले सम्बन्धित निकायसँग हाकाहाकी जवाफ माग्ने थलो भनिएको सार्वजनिक सुनुवाइमा वडा अध्यक्षहरू अनुपस्थित भएको देखेपछि स्थानीय एवं नागरिक समाजका प्रतिनिधिहरूले वडा अध्यक्षहरू खोइ ? भन्दै प्रश्न गरेका थिए ।
वडा नं १ की वडा सविता न्यौपानेले मेरो वडाका अध्यक्षलाई प्रश्न सोध्नु थियो । तर, देखिन वडा अध्यक्ष खोइ भन्दै प्रश्न गरिन् । उनले सार्वजनिक सुनुवाइको बारेमा कुनै आधिकारी जानकारी थिएन, यसै सुनेर मात्रै आएकी हु ? किन खबर गरिँदैन भनिन् ।
त्यस्तै नागरिक समाजका अगुवा एवं गैरसरकारी संस्था महासङ्घ रामेछापका अध्यक्ष रत्न कँडेलले बहुमत वडा अध्यक्षहरूकै अनुपस्थिति देखिनु सार्वजनिक सुनुवाइ विषयमा चिन्ताको विषय भएको बताए ।
त्यस्तै मन्थलीका वीरेन्द्र श्रेष्ठले बहुमत वडा अध्यक्षहरू किन सार्वजनिक सुनुवाइ देखिएनन् भन्दै प्रश्न गरे । उनले यो सार्वजनिक सुनुवाइ ‘कर्मकाण्डी’ तरिकाले किन गरेको भने । उनले यसरी गरिएको सार्वजनिक सुनुवाइको औचित्य नभएको भन्दै नगरले गरेका कामहरूमा राजनीति गन्ध मिसिएको हो कि के हो विकासमा पनि त्यो खालको अनुभूति भएको छ, त्यस्तो नहोस् भने ।
नगरपालिकाले एक आर्थिक वर्षमा गरेका उपलब्धि एवं कामहरू बारे ४ पृष्ठ लामो प्रगति प्रतिवेदन समेत सार्वजनिक गरिएको सो सार्वजनिक सुनुवाइमा वडा नं १, २, ४, ५, ६, ७, १०, ११, १२ र १३ का वडा अध्यक्षहरू उपस्थित थिएनन् । नगरमा २, ३, ८, ९, १३, १४ गरी ६ वटा वडामा नेकपा एमालेका वडा अध्यक्षहरूले जितेका छन् । भने, १, ४, ६, ७, १२ नेपाली काँग्रेसका वडा अध्यक्षहरूले जितेका छन् । वडा नं ५ नेकपा एकीकृत समाजवादी र ११ नेकपा माओवादी केन्द्रका वडा अध्यक्षहरूले जितेका हुन् ।
१३ नं का वडा अध्यक्ष नवराज थापा मगरले भने आफूलाई स्वास्थ्यमा समस्या भएको कारण सार्वजनिक सुनुवाइमा उपस्थित हुन नसक्ने जानकारी गराएको तर, अन्य अध्यक्षहरू उपस्थित नहुनुको कारण आफूलाई जानकारी नभएको नगरप्रमुख श्रेष्ठले बताए । नगरप्रमुख श्रेष्ठले ‘यसमा कुनै राजनीति विषय वस्तु केही पनि छैन । किन आउनु भएन त्यो उहाँहरूलाई थाहा होला तर, मलाई केही पनि जानकारी छैन । उहाँहरूलाई पनि सोध्न सक्नु हुन्छ, नगरको केही आन्तरिक विषय छैन नगर प्रमुख श्रेष्ठले भने ।’
नगर प्रमुख श्रेष्ठले वडा अध्यक्षहरूको अनुपस्थिति हुनु स्वयं अध्यक्षहरूको विषय भएको बताए ।
 यस विषयमा वडा अध्यक्षहरू सँग कुरा गर्दा आफूहरू वडाको काममा व्यस्त रहेको बताए ।‘वडाकै कामले आज अन्तिम दिन व्यस्त भएको कारण सार्वजनिक कार्यक्रममा सहभागी हुन नसकेको वडा अध्यक्षहरूले बताए पनि  अधिकांश वडा अध्यक्षहरू भने एकै स्थानमा बसेर नगरको सार्वजनिक सुनुवाइको विषयमा बुझिरहेका थिए । हामीले एक वडा अध्यक्ष सँग कुरा गर्दा अधिकांश वडा अध्यक्ष एकै टेलिफोन मार्फत आफूहरू वडाको कामले व्यस्त भएर कार्यक्रममा सहभागी हुन नसकेको भन्दै गैर जिम्मेवार जवाफ दिएका थिए । अधिकांश वडा अध्यक्षहरू पालै पालो कुरा गर्दै हाम्रो वडाको कार्यक्रम हैन हामी किन जान पर्‍यो भन्दै गैर जिम्मेवार जवाफ दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म 'दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३' आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउन सक्नेछन्।...

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापको खाँडादेवी गाउँपालिकामा बुधबारदेखि सुरु हुने १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी वैशाख ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी...