पर्यटकीय तीनलाल पाक उद्घाटन 

Written by meropradesh creator

२९ असार २०८०, शुक्रबार

रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका वडा नम्बर १ हाटे चौरमा निर्माण भएको तीनलाल पार्क बिहीबार उद्घाटन भएको छ । पर्यटन पर्बद्धन गर्ने लक्ष्य सहित नगरपालिकाले गौरवको आयोजनाको रूपमा निर्माण गरेको पार्कको बिहीबार औपचारिक उद्घाटन भएको हो ।
 समय भन्दा धेरै ढिलो गरी निर्माण सम्पन्न गरेको तीनलाल पार्क बिहीबार निर्माण कम्पनी पाँच पोखरी सुवेदी जेभिले मन्थली नगरपालिकालाई हस्तान्तरण गरेको हो । निर्माण कम्पनी पाँच पोखरी सुवेदी जेभिका सुजन कार्कीले नगर प्रमुख श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत हरि चापागाईँलाई पार्कको साँचो हस्तान्तरण गरेको हो ।
पार्कको उद्घाटन गर्दे नगरप्रमुख श्रेष्ठले नव निर्मित पार्क मन्थली नगरको गौरवको आयोजनका रूपमा रहकोले यसको सञ्चालन व्यवस्थित रूपमा गर्नुपर्ने चुनौती नगर सँग रहेको बताएका छन् । श्रेष्ठले उक्त पार्क मन्थली नगरपालिकाले व्यावसायिक प्रयोजनमा लगाउने समेत जानकारी गराए । श्रेष्ठले भने पार्क सञ्चालन र व्यवस्थापनका लागी लागि नगरले टेन्डर आह्वान गर्ने र जसले टेन्डर प्राप्त गर्दछ सोही कम्पनीले पार्कको रेखदेख गर्ने छ ।
आफू सामाजिक अभियान मार्फत राजनीतिमा जोडिएकोले नगरको विकासका लागि आफू ईमान्दार सिपाहीका रूपमा लागि परेको समेत बताएका छन् । पूर्व जन प्रतिनिधि र समाजका अन्य पक्षको पनि रचनात्मक र सकारात्मक सहयोगको अपेक्षा आफूले लिएको समेत बताए ।
नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारी, प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको नाम बाट पार्कको नाम तीनलाल पार्क राखिएको छ ।
सदरमुकाम मन्थलीमा १७ रोपनी जमिनमा फैलिएको सो पार्कमा दुई तले प्रशासनिक भवन, ४ सय ८ जना क्षमताको सभा हल, महिला,पुरुष बच्चा सहितको तीन वटा स्विमिङ पुल, ७५ देखि १ सय जना क्षमताको चेन्जिङ्ग रुम तथा स्नान कक्ष समेत पार्क भित्र रहेको छ । पार्कमा क्याफ्टेरिया भवन चमेना गृह, टिकट घर तथा शौचालय र बगैँचा समेत रहेको छ
 पार्क निर्माणको लागि १० करोड रुपैयाँ बजेट स्वीकृत भएको थियो । तर पाँच पोखरी सुवेदी जे भी चाबहिलले ६ करोड ८८ लाख २२ हजार ३ सय ७ रुपैयाँमा कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । खासै घुमफिर गर्ने पर्याप्त ठाउँ नभएको रामेछापको सदरमुकाम मन्थलीमा बनेको तीनलाल पार्क एउटा राम्रो घुम्ने थलो बन्ने स्थानीयको भनाइ रहेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...