न्यूनतम पारिश्रमिक बढाउन माग गर्दै ट्रेड युनियन काँग्रेस द्वारा ज्ञापन पत्र

Written by meropradesh creator

२८ असार २०८०, बिहीबार

 रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापमा श्रमिकहरूको न्यूनतम पारिश्रमिक रु २५ हजार हुनुपर्ने माग राख्दै ट्रेड युनियन काँग्रेस रामेछापले ज्ञापन पत्र बुझाएको छ । ट्रेड युनियन काँग्रेस रामेछापले बिहीबार श्रमिकहरूको न्यूनतम पारिश्रमिक रु २५ हजार हुनुपर्ने माग राख्दै रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौला मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिं भण्डारी लाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझाउँदै ट्रेड युनियन काँग्रेस रामेछापका अध्यक्ष अर्जुन श्रेष्ठले नेपालको श्रम ऐन २०७४ मा व्यवस्था भए अनुसार श्रम ऐन २०७४ कार्यान्वयन गर्नु पर्ने बताएका छन् । श्रम ऐन २०७४ अनुसार प्रत्येक २÷२ वर्षमा त्रिपक्षीय सहमतिका आधारमा श्रमजीवीहरूको न्यूनतम पारिश्रमिक निर्धारण गरी श्रावण देखि लागु गर्नु पर्नेमा सरकार र सम्बन्धित निकाय छलफलमा बस्दा कुनै निष्कर्ष निस्कन नसकेकोले श्रमजीवीहरूको हक र अधिकार सँग सम्बन्धी निर्णय गर्न माग पनि युनियनले सम्बन्धित पक्षलाई गरेको छ ।
वर्तमान अवस्थाको आकासिँदो महँगीमा सबै श्रमिकहरूको वर्तमान न्यूनतम पारिश्रमिक अत्यन्तै न्यून भएको भन्दै साउन १ गते देखिनै लागु हुने गरी न्यूनतम पारिश्रमिक रु २५ हजार हुनुपर्ने माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझाउन निवर्तमान अध्यक्ष पुण सुबेदी सहित समितिका पदाधिकारी सदस्य र प्रेस युनियनका पत्रकारहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म 'दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३' आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउन सक्नेछन्।...

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापको खाँडादेवी गाउँपालिकामा बुधबारदेखि सुरु हुने १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी वैशाख ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी...