मातृभूमिको सहयोगमा माकादुममा कागतीको बिरुवा वितरण 

Written by meropradesh creator

२७ असार २०८०, बुधबार

रामेछाप । खाँडादेवी गाउँपालिका वडा नम्बर ६ माकादुममा ५ हजार कागतीको बिरुवा वितरण गरिएको छ ।  मातृभूमि नेपाल नामक संस्थाको सहयोगमा खाँडादेवी गाउँपालिका वडा नम्बर ६ ले प्रति घर १० देखी २० वटा सम्म बिरुवा वितरण गरेको हो । वडाका नागरिकहरूको आर्थिक समृद्धि गराउने लक्ष्यका साथ ५ हजार कागतीका बिरुवा वितरण गरेको वडा अध्यक्ष नारायण कार्कीले बताए ।
मङ्गलवार बिहान संस्था सँगको सहकार्यमा प्रति परिवार १० देखी २० वटाका दरले उपलब्ध गराएको वडा अध्यक्ष कार्कीले बताए । वडा अध्यक्ष कार्कीले भने कागती मय वडा बनाउने लक्ष्य सहित यो वर्ष ५ हजार बिरुवा वितरण गरिएको छ । आवश्यकताको आधारमा अझै वितरण गर्न सकिन्छ  अध्यक्ष कार्कीले भने । कागती मात्र हैन भूगोल र हावापानी मिल्ने अन्य जातका बिरुवा पनि हामी नागरिकलाई उपलब्ध गराउने छौँ । यो बिरुवा पहिलो पटक कति बचाउन सकिन्छ यो वर्ष हेरौँ त्यस पछि अन्य थप बिरुवाको व्यवस्थापन वडा र म आफैले के गर्न सकिन्छ गर्ने छौँ अध्यक्ष कार्कीले भने ।
त्यस्तै गरी मातृभूमि नेपाल नामक संस्थाका जिल्ला उपाध्यक्ष युवराज श्रेष्ठले केन्द्रले ६ हजार ७ सय ४३ वडामा ६७ लाख ७६ हजार ९ सय ४४ वटा कागतीको बिरुवा वितरण गर्ने लक्ष्य लिएको र सोही अनुसार जिल्लाको अन्य वडाहरूमा समेत वितरण गर्ने तयारी भएको बताए । उपाध्यक्ष श्रेष्ठले भने “संस्थाले जिल्लामा पहिलो पटक खाँडादेवी गाउँपालिका वडा नम्बर ६ माकादुम सँगको सहकार्यमा ५ हजार कागतीको बिरुवा वितरण भएको छ । अब हामी अन्य वडामा पनि माग भए अनुसारका बिरुवा सहकार्य गरी वितरण गर्ने छौँ । त्यसका लागी रामेछापलाई सहयोग गर्न केन्द्र तयार छ“ ।
केन्द्रीय अध्यक्ष रण बहादुर चन्दले भने “ हामीले बिरुवा दान नेपालीहरूको महा–अभियान ” भन्ने नाराको साथ नेपाललाई हरियाली नेपाल बनाउन लागेका छौँ ।
मानिसको अस्तित्व राख्न प्रकृतिको ठुलो योगदान रहने हुँदा हामीले भूगोल सुहाउँदो बिरुवाहरू वितरण गर्दै आएका छौँ । मागको आधारमा अन्य वडा हरूमा समेत वितरण गर्न हामी सहयोग गर्ने छौँ ”।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...