सभापतिले राजनीतिमा हिलो छ्याप्न थाल्यो– काँग्रेस सचिव खड्का

Written by meropradesh creator

१६ असार २०८०, शनिबार

रामेछाप । नेपाली काँग्रेसका पार्टी सचिब दिपक खड्काले रामेछापको काँग्रेसको राजनितिमा पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले हिलो छ्याप्न सुरु गरेको बताएका छन् । पार्टी सचिव तथा गिरिजा प्रसाद कोइराला फाउन्डेसन जिल्ला समिति रामेछापका जिल्ला अध्यक्ष खड्काले राजनितिमा हिलो छ्याप्न शुरु गरेको भन्दै त्यसो नगर्न आग्रह गरे । गिरिजा प्रसाद कोइराला फाउन्डेसन जिल्ला समिति रामेछापले आयोजना गरेको असार १५, दही चिउरा खाने कार्यक्रममा सचिव खड्काले उक्त कुरा बताएका हुन् ।

सचिव खड्काले भने– आज असार १५, दही चिउरा खाने दीन । आजको दीनलाई धान दिवसको अवसरका रूपमा मनाइन्छ । आजको दीन सानो गरामा धान रोपेर हिलो खेलेर भए पनि रोपाई सुरु गरिन्छ । तर नेपाली काँग्रेस रामेछापका पार्टी सभापतिले आजको दिनबाटै रामेछापको राजनीतिमा हिलो छ्याप्न सुरु गरेका छन् । उहाँ जत्तिको दिग्गज व्यक्तित्व भएको व्यक्तिले हिलो छ्याप्ने काम गर्नु सोभनिय हुँदैन । तसर्थ म आग्रह गर्छु उहाँलाई, राजनीतिमा हिलो छ्याप्ने काम बन्द गर्नुस् ।

त्यस्तै काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले असार १५ दहि चिउरा खाने कार्यक्रम तथा धान दिवस कार्यक्रम गिरिजाप्रसाद कोइराला फाउण्डेशनले खेतमै गएर मनाउन सके अझ राम्रो हुने बताए । कार्कीले भने– यो हाम्रो परम्परा हो । असारमा खेतीपाती नगरे वर्ष भरी के खाने ? तसर्थ किसानको मनोबललाई अझ दह्रो बनाउन यस्ता खाले कार्यक्रम किसान सँगै गएर सञ्चालन गर्नु उपयुक्त हुन्छ । उपसभापति कार्कीले भने ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका पूर्व उपसभापति ध्रुवहरि ढुङ्गेलले भने – जति कोइरालाहरू प्रधानमन्त्री बन्नु भयो, उहाँहरूले एउटा आफू बस्ने घर समेत बनाउनु भएन । झनै गिरिजाप्रसाद कोइराला त गरिब किसानका नेता हुन । आफू मर्दा सम्पत्ति शून्य भएका गिरिजाप्रसाद कोइराला बाट राजनीतिक गर्नेहरू पाठ सिक्न जरुरी छ ।
जिपि फाउन्डेसन रामेछापले आयोजना गरेको कार्यक्रममा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू,नागरिक समाजका अगुवाहरू, पत्रकारहरू साथै सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालको राजनीति लाई स्वस्थ र तन्दुरुस्त राख्न ७० बर्षमा राजनीतिक अबकास अनिवार्य

नेपालको राजनीति लाई स्वस्थ र तन्दुरुस्त राख्न ७० बर्षमा राजनीतिक अबकास अनिवार्य

- किरण गिरी हामीले -३० बर्ष देखि एउटै अनुहार , एउटै पात्र र एउटै प्रवृत्ति को अर्ती ,उपदेश सुन्दै आयौं र आदेश मान्दै आयौं । उनीहरुले भने - यो संबिधानमा हामिले अबलम्बन गरेको निर्वाचन प्रणाली अनुसार कसैको पनि बहुमत आउन सक्दैन - २१ फाल्गुनको चुनावमा आयो त ।उनीहरुले फेरि...

पत्रकारसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया

पत्रकारसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया

मन्थली- कार्यालय रामेछापले चालु आवमा सञ्चालित स्वास्थ्य क्षेत्रका विविध कार्यक्रम र सेवा प्रवाहको अवस्थाबारे जानकारी गराएको छ ।‌ मन्थलीस्थित आइतबार आयोजित ‘पत्रकारसँग अन्तरक्रिया’ कार्यक्रममार्फत कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति तथा उपलब्धि...

बीपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइँदै

बीपी राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइँदै

रामेछाप  — बीपी राजमार्ग विभिन्न स्थानमा क्षति पुगेपछि अहिले सम्म उक्त क्षेत्रमा यातयात अबरूद् छ । आइतबार साँझसम्म पनि सडक पूर्ण रूपमा खुलाउन समस्या हुने प्रहरीले जनाएको छ। अविरल वर्षा र बाढीका कारण बनेका डाइभर्सन बगाउँदा यातायात सञ्चालन प्रभावित बनेको हो। जिल्ला...