रामेछाप । डिभिजन वन कार्यालय रामेछापले राष्ट्रिय वृक्ष रोपन दिवसको अवसरमा सानीमदौ सामुदायिक बनमा वृक्ष रोपन गरेको छ । सदरमुकाम नजिक रहेको सानीमदौ सामुदायिक बन सुख्खा रहेको भन्दै केही वर्ष देखी वृक्षारोपण कार्यक्रमलाई सानीमदौ सामुदायिक बन उपभोक्ता समितिले प्राथमिकता दिँदै आएको छ ।
डिभिजन बन कार्यालयको आयोजनामा भएको कार्यक्रम मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले हरियाली मन्थली मनाउने लक्ष्य आफ्नो चुनावी एजेन्डा भएकोले मन्थली नगरपालिका वृक्षारोपण कार्यलाई पहिलो प्राथक्तिामा राखेर काम गर्ने बताए । सानीमदौं सामुदायिक बनमा तेज पात, गोल हर, निम, जगरण्डा, क्यासिया, स्वामी, अल्फी, सतिसाल, लप्सी,कटहर,बकाइनो,लगायतका २ सय ५० बिरुवा स्थापना दिवसको अवसरमा सानिमदौं बनमा लगाएको डिभिजन बन कार्यालय रामेछापका प्रमुख ओम सागर भण्डारीले बताए ।
दिवसको अवसरमा सुरुवात मात्र भएको भन्दै रामेछापमा यस वर्ष झन्डै १२ हजार विभिन्न प्रजातिका बिरुवाहरू लगाउने डिभिजन बन कार्यालय प्रमुख भण्डारीले बताए । बन जङ्गल विनाश हुँदै जाँदा मानव जातिलाई चाहिने वातावरण कम हुदैगएको छ । त्यसको हामी सबै मिलेर बन जोगाउन सके मात्र वृक्षारोपणको औचित्य रहन्छ भण्डारीले भने ।
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...
रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...
रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...
रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...
रामेछाप । गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...
मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...