पर्यटन प्रर्बद्धन गर्न होमस्टे संचालन

Written by meropradesh creator

११ पुष २०७७, शनिबार

रामेछाप । रामेछाप नगरपालिकाले पालिका भित्र आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रयाउने उद्धेश्यले भालुखोप डाँडामा भालुखोप सामुदायिक होमस्टे संचालनमा ल्याएको छ ।
होमस्टे संचालनको लागि पालिकाको ८० प्रतिशत लगानी र बाँकी २० प्रतिशत लगानी स्थानिय नागरिकहरुको गरि करिव एक दर्जन होमस्टे संचालनमा ल्याएको हो । पालिकाले होटल व्यवस्थापन र कुकको तालिम समेत प्रदान गरेको छ । जसमध्ये हाल ३ वटा होमस्टे संचालनमा आइसकेका छन् भने बाँकी होमस्टे पनि चाडै संचालनमा आउने भालुखोप सामुदायिक होमस्टेका अध्यक्ष लालबहादुर तामाङ्गले जानकारी दिए ।
उनले भने– पालिकाले होमस्टे संचालनको लागि दिएका सवै सामाग्रीहरु हामीले ल्याइसकेका छौं । अहिले केही होमस्टे संचालनमा आएका त छन् तर आन्तरिक र बाह्य पर्यटकहरु कोरोना महामारीको कारण आएका छैनन् । पर्यटकहरु नआउँदा भएका होमस्टे समेत लगानी डुब्ने होकी भन्ने चिन्ताले पिरोलेको छ ।
रामेछापको भालुखोप डाँडा समुन्द्रि सतहबाट करिव १ हजार ८ सय मिटरको उचाईमा रहेको छ । उक्त डाँडामा हाल नगरपालिकाको लगानीमा भ्यू टावर निमार्ण भइरहेको छ । भालुखोपको डाँडावाट पालिकमभित्र सवै वडाहरुमा सहजै दृश्यावलोकन गर्न सकिन्छ । यसबाहेक डाँडावाट तराईका विभिन्न जिल्लाहरु र काठमाण्डौंको सुन्धाराको धरहरा समेत उक्त डाँडावाट देखिने भएकाले पालिकाले उक्त क्षेत्रमा आन्तरिक र वाह्य पर्यटकहरु भित्रयाउन सके पालिकाको आम्दानीको राम्रो श्रोत भन्ने भएकाले यसतर्फ अग्रसरता देखाएको रामेछाप नगरपालिकाकी उप–प्रमुख सिर्जना खड्काले जानकारी दिइन ।
उनले भनिन्– भालुखोपको वातावरण र मौसम पर्यटक मैत्री भएकाले त्यस क्षेत्रलाई पालिकाले पर्यटक हवको रुपमा लागु गर्न लागेको हो । आन्तरिक र बाह्य पर्यटकहरुले पालिका भित्र रहेका ताराखसे पोखरी, तरकारी पकेट क्षेत्र, जुनार पकेट क्षेत्र, खुर्पानी पकेट क्षेत्र र मौरी पकेट क्षेत्रमा पुगेर भरपुर आनन्द लिनसक्ने साथै स्थानिय परिकारका खानाहरुको स्वाद लिन पाउने छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा निरुता ठगुन्ना नियुक्त

राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा निरुता ठगुन्ना नियुक्त

नेपाल एपीएफ क्लबकी प्रभावशाली खेलाडी निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा नियुक्त हुनुभएको छ । राष्ट्रिय महिला भलिबल टोलीको नेतृत्व सम्हाल्ने उहाँ छैटौँ कप्तान बन्नुभएको हो । राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक जगदीश भट्टको सिफारिसमा नेपाल भलिबल...

सर्लाहीका ६ विपन्न विद्यार्थीलाई गगनकुमार थापाले निःशुल्क पढाउने

सर्लाहीका ६ विपन्न विद्यार्थीलाई गगनकुमार थापाले निःशुल्क पढाउने

काठमाडौँ, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीका छ जना स्कुले विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था मिलाउनुभएको छ । सर्लाहीको बलरा नगरपालिका, गोडैता नगरपालिका र धनकौल गाउँपालिकाका आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई थापाले निःशुल्क अध्ययनको...

डहु माध्यमिक विद्यालयद्वारा एसइई उत्तीर्ण विद्यार्थी र शिक्षकलाई सम्मान गरिँदै, पूर्वमन्त्री कुलमान घिसिङ प्रमुख अतिथि

डहु माध्यमिक विद्यालयद्वारा एसइई उत्तीर्ण विद्यार्थी र शिक्षकलाई सम्मान गरिँदै, पूर्वमन्त्री कुलमान घिसिङ प्रमुख अतिथि

सुनापति गाउँपालिका वडा नम्बर ४ मा अवस्थित डहु माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) उत्तीर्ण विद्यार्थी र विद्यालयको शैक्षिक विकासमा योगदान पुर्‍याउने शिक्षकहरूलाई सम्मान गर्ने भएको छ । विद्यालयले आगामी जेठ ३ गते आइतबार एक विशेष...