रामेछापमा बोलेरो दुर्घटना ५ जनाको मृत्यु

Written by meropradesh creator

२३ चैत्र २०७९, बिहीबार

रामेछाप । रामेछापमा बोलेरो दुर्घटना भएको छ । रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौलीको कौछिनीमा विहिबार भएको बोलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । सदरमुकाम मन्थलीबाट कौछिनी तर्फ जाँदै गरेको बा ११ च ५५३ नम्बरको बोलेरो जिप सडकबाट करिव एक सय मिटल तल खस्दा घटना स्थलमै ४ जनाको र एक जनाको रामेछाप सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
मृतक पाँचै जनाको सनाखत भएको प्रहरी प्रवक्त राजुप्रसाद ढकालले बताए ।

ढकालका अनुसार मृत्यु हुनेमा मन्थली नगरपालिका– ७ कौछिनी ८२ वर्षकी नन्दमाया भण्डारी, ६८ वर्षकी जेशुङ तामाङ, ४० वर्षकी ज्यान रानी तामाङ, ५० वर्षको दल बहादुर आलोमगर र सुनापती गाउँपालिका– १ गुन्सीकी ८ वर्षकी लाक्पा घिसिङ रहेका छन् । मृतक मध्ये चार जना बोलेरोमा सवार यात्रु रहेको र १ जना चालक रहेको प्रहरी प्रवक्ताले बताए ।

त्यस्तै दुर्घटना परी घाइते हुनेहरुमा मन्थली नगरपालिका– ६ की ३५ वर्षकी बिमला गोले, निजकै दुई छोरी ११ बर्षकी ओजेस्वी लामा र ५ वर्षकी सम्भावी लामा, मन्थली नगरपालिका– ७ कौछिनीका ७० वर्षका भक्त बहादुर लामा, ४४ वर्षका बेद बहादुर बुढाथोकी, ६० वर्षकी मनमाँया तामाङ, ४७ वर्षकी दुर्गामाँया खड्का, २५ वर्षका कमल गोले, ३४ वर्षका हरी बहादुर थोकर, गोकुलगंगा गाउँपालिका– ५ रस्नालुकी २७ वर्षकी निस्मा मग्राती र उनकी छोरी ३ वर्षकी निनिमा मग्राती रहेका छन् ।

घाइते ११ जना मध्ये ११ वर्षकी ओजेस्वी लामाको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । गम्भिर घाइते भएकी ११ वर्षकी ओजेस्वी लामा सहित ३ जनालाई थप उपचारको लागि एम्बुलेन्स मार्फत काठमाण्डौ पाठाइएको छ भने अन्य घाइतेलाई मन्थली अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

घुम्तीमा मोड्ने क्रममा ब्रेक नलागेपछि बलेरो कौछिनीको मगरगाँउ नजिकको सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । डबल क्याप बोलेरोमा १६ जना सवार रहेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...