किसानलाई खानेपानी ट्याङ्की बितरण

Written by meropradesh creator

११ चैत्र २०७९, शनिबार

रामेछाप । पशुपालक किसानलाई पानी संकलन गर्न सहजता होस् भन्ने उद्धेश्यले मन्थली नगरपालिका वडा नं १ वडा कार्यालयले १५ जना किसानलाई खानेपानी ट्याङ्की बितरण गरेको छ ।

वडा कार्यालयमा भएको चालु आर्थिक वर्षको वजेटवाट १ हजार लिटरका १६ वटा खानेपानी ट्याङ्की खरिद गरी वडा कार्यालयभित्र दर्ता रहेर संचालन रहेका १५ वटा गाई फार्मका संचालकलाई र एउटा शीव मन्दीरलाई उक्त ट्याङ्की वितरण गरिएको हो । पशुुपालक किसानले खानेपानीको समस्या हुँदा पशुचौपाया पाल्न समस्या भएको भन्दै वडा कार्यालयमा खानेपानी संकलन गर्न ट्याङ्की माग गरे अनुसार उक्त ट्याङकी वितरण गरिएको हो ।

किसानहरुलाई उक्त ट्याङ्की मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र वडा नं १ का वडा अध्यक्ष रामहरी पौडेलले एक कार्यक्रमको विच हस्तान्तरण गरेका हुन् । ट्याङ्की वितरण गर्दै प्रमुख श्रेष्ठले वडा कार्यालयले किसानको मागलाई सम्वोधन हुने काम गरी सह्रानीय काम गरेको बताए । उनले अहिले देशमा रोजगारी पाइएन भनीरहेको अवस्थामा यहाँहरुले थोरै लगानी गरेर भएता पनि आफ्नो व्यवसाय संचालन गरेर दुधमा मन्थली नगरपालिकालाई आत्मनिर्भर बनाउन सकेकोमा आफुलाई धेरै खुशी लागेको बताउँदै आगामी दिनमा पनि नगरले किसानको मागलाई सम्वोधन हुने किसिमका कार्यक्रमहरु संचालन गर्ने बताए ।

गाईपालक किसानको मागलाई सम्बोधन गरेर वडा कार्यालयले पानी संकलनको लागि रिर्जभ ट्याङ्की दिदा किसानहरुलाई थप उर्जा मिलेको मन्थली नगरपालिका–१ की निरन्जन निराकार गाई फार्मकी संचालिका डुकुना घिमिरेले बताइन । उनले भनिन्– अहिले धेरै किसानहरु अत्यन्तै समस्यामा छन् । गाईपालक किसानलाई एकातिर घाँस र दानाको समस्या छ भने अर्कोतिर पानीको । त्यही पनि दुःख सास्ती खेप्दै किसानले गाई पालन गर्दै आएका छन् । वडा र नगरपालिकाले बेलाबेलामा केही सहयोग दिदा किसानहरुलाई थप उर्जा र हौसल्ला मिल्ने भएकाले यस्ता किसिमका कार्यक्रम बेलाबेलामा संचालन गर्नुपर्ने पनि घिमिरेले बताइन ।

यसैगरी मन्थली नगरपालिकाले यस चालु आर्थिक वर्षमा वडा भित्र रहेका १० जना महिला स्वास्थ्य स्वंयसेविकालाई झोला र ब्याग वितरण गरिएको छ । त्यस्तै बाख्रा फार्म संचालन गर्दै आएका किसानलाई बोका खसी पार्न सहज होस् भन्ने उद्धेश्यले एकथान क्यास्टो मेसिन बितरण गरिएको मन्थली नगरपालिका–१ का वडा अध्यक्ष होमप्रसाद पौडेलले जानकारी दिए ।

उनले भने– हामीले किसानको मागलाई धेरै सम्बोधन गर्न नसके पनि वडाको वजेट र परिधीभित्र रहेर थोरै भए पनि विभिन्न कार्यक्रम मार्फत सहयोग गरिरहेको छौं । आगामी वर्ष पनि किसानको मागलाई सम्बोधन हुने किसिमका कार्यक्रम वडाले संचालन गर्ने पनि अध्यक्ष पौडेलले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोपमा नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई विधान विपरीत कार्य गरेको भन्दै जवाफ मागेको हो । यसअघि चैत १४ मा...

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित भएको मन्थली नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता वैशाख ४ गते देखि सञ्चालन हुने भएको छ । मन्थली नगर खेलकुद विकास समितिका अनुसार मन्थली माविको खेल मैदानमा हुने यस प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । विगतमा तीन दिनसम्म चल्ने...

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

जिल्ला प्रशासन कार्यालय रामेछापले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले माघदेखि चैत्र मसान्तसम्म सम्पादन गरेका प्रमुख कार्यहरूको विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो । प्रशासकीय अधिकृत चुडामणि अर्यालका अनुसार...