युवा संघ रामेछापको अध्यक्षमा कार्की चयन

Written by meropradesh creator

८ चैत्र २०७९, बुधबार

रामेछाप । नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघ नेपाल रामेछापले नयाँ नेतृत्व चयन गरेको छ । सदरमुकाम मन्थलीमा मंगलबार सम्पन्न अधिवेशनबाट सुरेन्द्र कार्कीको नेतृत्वमा ५० सदस्सीय जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो ।

उपाध्यक्षमा मनिता सुनुवार, सचिवमा शिव सागर मगरलाई चयन गरेको छ । त्यसै गरी सहसचिवमा रामहरि कार्की र बलराम थापा मगर चयन हुँदा कोषाध्यक्षमा दीपक भण्डारी चयन भएका छन् । नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी र सदस्यलाई संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसीले मंगलबार न पद तथा गोपनीयताको शपथ गराएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले रामेछापमा अध्यक्ष आनन्द श्रेष्ठले नवनिर्वाचित कमिटीको काँधमा ठुलो जिम्मेवारी आएको बताए । अध्यक्ष श्रेष्ठले निर्वाचित पदाधिकारी र सदस्यलाई काठमाडौँ फर्कने होइन गाउँमा खटिन निर्देशन दिए । काम नगर्नेलाई पार्टीले हस्तक्षेप गरेर जिल्ला कमिटीबाट बिदा गर्ने समेत श्रेष्ठले चेतावनी दिएका छन् ।

नवनिर्वाचित अध्यक्ष सुरेन्द्र कार्कीले संगठनले दिएको जिम्मेवारी इमानदारीताका साथ पूरा गर्ने बताएका छन् । अध्यक्ष कार्कीले आफूले सबैलाई साथ लिएर अघि बढ्ने बताए । नवनिर्वाचित जिल्ला कमिटीलाई पार्टी जिल्ला कमिटी उपसचिव प्रकाशकुमार कार्की, निर्वाचन कमिटीका संयोजक उज्वल सुवेदी लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । नवनिर्वाचित जिल्ला कमिटीको पहिलो बैठक मंगलबार नै बसेको छ । बैठकले संगठनका आगामी योजना निर्माण गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...