परिक्षण दर घटेसँगै आइसोलेसन र क्वारेन्टिन बेड खाली

Written by meropradesh creator

९ पुष २०७७, बिहीबार

रामेछाप । पछिल्लो समय रामेछापमा पिसिआर टेष्ट घटाएसँगै जिल्ला अस्पताल देखी पालिका स्तरमा निमार्ण गरिएका आइसोलेसन र क्वारेन्टिन बेडहरु धमाधम खाली हुँदै गएका छन् । कोरोना परिक्षण गराउने संख्यामा गिरावट आएसँगै कोरोना संक्रमण पुष्टि भएका विरामीहरु भेटिन छाडेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयले गर्दै आएको पिसिआर टेष्ट अहिले बन्द गरेको छ । परिक्षण वन्द भएसँगै कोरोना संक्रमितको संख्यामा कमी आएको हो । कार्यालयले यसअघि पिसिआर टेष्ट गर्दै आएकोमा अहिले सो कार्य बन्द गरिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णले जानकारी दिए ।
उनले भने– हामीले केही समय देखी पिसिआर टेष्ट बन्द गरेका छौं । जिल्लामा हालसम्म २ हजार ४ सय ७० जनाको मात्रै स्वाब संकलन गरि परिक्षण गरिएको छ । जसमध्ये २ सय ३ जनाको कोरोना पुष्टि भएकोमा १ सय ९८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । हाल ५ जना सक्रिय कोरोना संक्रमितको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ ।


कोरोना संक्रिय संक्रमितहरु मध्ये मन्थली नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्दको आइसोलेसन वार्डमा ४ जना र गोकुलगंगा गाउँपालिकामा निमार्ण भएको आइसोलेसन वाडमा १ जनाको उपचार भइरहेको छ । यसवाहेक रामेछापका कुनै पनि कोरोना संक्रमित नभएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
कोरोना संक्रमितलाई राख्न निमार्ण गरिएका आइसोलेसन कक्ष र क्वारेन्टिन कक्ष सबै खाली रहेका छन् । रामेछापमा जिल्ला अस्पताल, मन्थली प्राथमिक स्वास्थ्य केन्द्र र दुई नगरपालिका र ६ वटा गाउँपालिकामा गरि १ सय ८ वेड क्षमताको आइसोलेसन कक्ष निमार्ण भएका छन् । त्यसैगरी ४ सय ९० वेड क्षमताको क्वारेन्टिन कक्ष स्थापना भएको छ । अहिले ती सवै आइसोलेसन कक्ष र क्वारेन्टिन कक्ष खालि भएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...