फोनिज रामेछापको जिल्ला भेला सम्पन्न ः सांसद तामाङ द्वारा पुरस्कार कोष स्थापना

Written by meropradesh creator

१८ फाल्गुन २०७९, बिहीबार

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापको ११ औं साधारण सभा तथा जिल्ला भेला सम्पन्न भएको छ । फोनिजको ११ औं साधारण सभा तथा जिल्ला भलामा बोल्दै प्रतिनिधी सभा सदस्य पुर्ण बहादुर तामाङ कान्छारामले आदिवासी जनजाति खोज पत्रकारिता पुरस्कार कोष स्थापना गर्न नगद ५१ हजार सहयोग गर्ने बताएका छन् । फोनिजका जिल्ला अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको जिल्ला भेलामा बोल्दै कोष स्थापना गर्न स्वर्गीय बुबा शेरबहादुर तामाङको नाम बाट सहयोग गर्ने बताएका हुन् ।

कार्यक्रमा बोल्दै रामेछापको समग्र बिकासका लागी अफु लगाएत जिल्ला बाट प्रतिनिधित्व गर्ने प्रदेशका ५ जना प्रदेश सांसद र आफु एक ढिक्का भएर लागिपर्ने बताएका छन् । केन्द्रमा जे जस्तो अवस्था रहेपनि जिल्लाको विकासका लागी आफुहरु सबै संग सहकार्य गरेर अघि बढ्ने बताएका हुन । आफु बाट जिल्लाको नागरिकले ठुलो अपेक्षा गरेको भन्दै नागरिकको अपेक्षा पुरा गर्न आफु लागि पर्ने बताएका छन् । पत्रकारिता पेशालाई राजनिति संग नजोडी स्वतन्त्र रुपमा अघि बढ्न आग्रह गर्दै पत्रकारिता क्षेत्रको विकास गर्न आफु लागि पर्ने बताएका छन् ।
त्यस्तै गरि बागमती प्रदेशका प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले पत्रकारिता पेशालाई स्वछ र मर्यादित बनाउन फोनिज लागि पर्नु पर्ने बताएका छन् । पत्रकारिता पेशा सहज नभएको भन्दै पत्रकारितामा लाग्दा सामाजिक भावनाले लागिपर्नु पर्ने बताए । पत्रकारले हरेक आन्दोलनमा महत्व पुर्ण भुमिका खेलेकोले पत्रकारिताको विकासको लागी आफु लागि पर्ने बताए । फोनिज र पत्रकारीता क्षेत्रको समग्र विकासको लागी के गर्न पर्छ आफु तयार रहेको बताएका छन् ।

त्यस्तै गरि मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले फोनिजको संस्थागत विकासका लागी नगरपालिका सकारात्मक रहेको भन्दै आवश्यक सहयोग गर्ने बताएका छन् । त्यस्तै गरि फोनिज बागमती प्रदेश अध्यक्ष युबराज श्रेष्ठले रामेछाप फोनिजको संस्थागत विकासको लागी आफु सधै सकारात्मक रहेको भन्दै जनजातिको कला संस्कार र संस्कृतिको विषयमा पनि फोनिज लागी पर्नु पर्ने बताएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापती लेखबहादुर कार्की, नेकपा एमालेका उपसचिब प्रकाश कुमार कार्की, पत्रकार महासंघ बागमती प्रदेश सदस्य ज्ञानु श्रेष्ठ, पत्रकार महासंघ रामेछापका जिल्ला अध्यक्ष बद्रि नयाँघरे, पुर्व अध्यक्षहरु नवराज प्रर्थिक, हिमाल ढुङ्गेल, टिका प्रसाद भट्ट,फोनिज रामेछापका पुर्व जिल्ला अध्यक्षहरु युनिक विफा घिसिङ, सुमित श्रेष्ठ, नवराज श्रेष्ठ, लगाएत पेशागत संगठनका प्रमुखहरुले आफ्ना भनाई राखेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...